दैलेख ः सुर्खेत—दैलेख सडक खण्ड अन्तर्गत पर्ने रानीमता र गुराँसे आसपासमा कतिपय ट्राफिक प्रहरीले घुस खाने गरेकाछन् । ट्राफिक प्रहरी घुस माग्छन् भन्ने सुचना मिसन न्युजलाई आएपछि रिपोर्टिङ्गको तयारी भयो । सुर्खेतदेखिको यात्रामा हामिले क्यामरा र कलम तयारी गरेर हिड्यौं । झण्डै एक घण्टाको समयपछि कपासे—रानीमताहुँदै गुराँसे पुगियो । गुराँसे पुक्दा एकजना हामि चढेको बोलेरो जीप चालकले भने, पत्रकार ज्यु, घुस खाने ठाउँमा पुगियो । तपाई क्यामरा तयार गर्नुस ।
तर, हामि चढेको गाडिले क्षमताभन्दा बढी यात्रु नराखेकाले घुस दिने अवसर गुमायौं । तर, हाम्रो अघिको एक जीप चालकले क्षमताभन्दा एकजना यात्रु बढी राखेका थिए । जीपका चालक बाहिर निक्लीएपछि एक जना ट्राफिक प्रहरीले चालकलाई भने, के हो तरीका हुन्छकी हुन्न ? हुन्न भने ठाउँको—ठाउँ कार्वाही गर्छु । चालकले पकेटमा विस्तारै हात हाल्दै बाग्रेनिङ्ग सुरु भयो ।
ट्राफिकको हातमा संचार सेट बाहेक ‘फाइन’ उठाउने विल रसिद पनि थिएन । चालकले एक हाती तानेपछि ट्राफिकले चारैतिर हेरे । उनले अलि साइडमा लिन खोजे तर, चालकले खुसुक्क हातमा एक हजार च्यापे । त्यतिवेला नै पत्रकारले फोटो लिएको चालक र ट्राफिकले पत्तो पाएनन् । ट्राफिक अन्य गाडिमा वार्गेनिङ्गसंगै निगरानी गर्न थाले । घुसदिने चालक जीप हुकाउदै माथितिर लागे ।
यी हुन घुस खाने र घुस दिने पात्र
सुर्खेतबाट गुराँसेहुँदै कालिकोट आउँदै गरेको एक जीप चालकले ट्राफिकले चर्काे वार्गेनिङ्ग गरेपछि घुस दिएका हुन् । घुस दिनेमा सुर्खेतमा एक होटल संचालकको जीपमा काम गर्ने चालक हुन् । घुस खानेमा दैलेख जिल्लाको गराँसे गाउँपालिका—४ रानीमता प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरी धनविर जीसी हुन् । कानुनले घुस दिने र लिने दुवै पक्ष दोसी हुन भन्छ । तर विगतदेखि नै सुर्खेत—दैलेख, कालिकोट र जुम्ला सडक खण्डमा कतिपय ट्राफिक प्रहरीले राम्रो काम गरेका छन् भने कतिपयले यसरी खुल्लेआम रसिद नकाटेरै घुस खाने गरेका छन् । ट्राफिक सिपाई धनविर जीसीले घुस लिएको प्रत्यक्ष दर्शी पत्रकार हुँदाहुँदै पनि उनले आफुले घुस नलिएको जिकिर गरे ।
यसरी घुस लिएको रंगीहात फोटो खिच्दा पनि कमजोरी अस्वीकार गर्ने प्रहरी जवानको कुराले ठुलो संका जगाएको छ । एक दिनमा कम्तीमा एक जना जीसीले ३० देखि ४० हजारसम्म पैसाँ उठाउने गरेको स्रोतले बताएको छ । तर, एक दिनमा यती धेरै पैसाँ उठाउँनुमा ट्राफिकभित्र तलदेखि—माथीसम्म व्यवस्था हुने गरेको संका उत्पन्न छ ।
कर्णाली राजमार्गको सुर्खेतहुँदै बाँग्गे सिमलको सडकमा एक—दुई घण्टा ढिलो हुने भएकाले प्रायः माथील्लो गुराँसेको बाटो भएर कालिकोट, अछाम र जुम्ला आउने साना यात्रुवाहक जीपहरु आवत जावत हुने गरेका छन् । एक दिनमा सुर्खेतदेखि माथील्लो बाटोमा सयौं साना ठुला गाडि गुड्ने गर्छन् । ट्राफिक नियम कडा तर, कार्यन्वयनमा भने चुनौती देखिन्छ । कर्णाली राजमार्गमा थोत्रा वस, जीप र अन्य गाडी हुनले पनि सडक दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । क्षमताभन्दा धेरै यात्रु बोक्ने थोत्रा वस र जीपहरु पटक—पटक दुर्घटना हुँदा सयौंको ज्यान गइसकेको छ ।