काठमाडौं – बाढी पहिरोबाट प्रभावित क्षेत्रमा सरकारले राहत सहितको विशेष प्याकेजको घोषणा गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले राहतको प्याकेज घोषणा गर्ने बताए ।
उनले आजै मन्त्रीपरिषद्को बैठकले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा उचित राहत सहितको व्यवस्थाको घोषणा गर्ने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रम प्रधानमन्त्री ओलीले ४२ श्रष्टालाई सम्मान गरेका थिए ।


