काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ पक्राउ परेकी छन्। क्रान्तिकारी महिला संघी महासचिवसमेत रहेकी पूर्वसभासद भृकुटी काठमाडौं बुढानिलकण्ठबाट पक्राउ परेकी हुन्।
माइला लामापछि उपत्यकाबाट पक्राउ पर्ने भृकुटी प्रभावशाली नेतृ हुन्। नेपाल बन्दको घोषणाको पूर्वसन्ध्यामा प्रहरीले भृकुटीलाई पक्राउ परेकी हुन्। उनि कालिकाेट जिल्लाबाट समानुपातिक सभासद बनेकि हुन् ।
महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र विशेष ब्युरोको टोलीले उपाध्यायलाई पक्राउ गरेको उच्च प्रहरी स्रोतले जनायो। सरकारले विप्लव समूहको गतिविधिलाई गत फागुनदेखि प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाएयता प्रहरीले ६ सय बढी विप्लव कार्यकर्तालाई पक्राउ गरिसकेको जनाएको छ ।