नेपाललाई अब विद्वानहरुको देश बनाउनु पर्दछ : प्रधानमन्त्री

४ बैशाख २०७६, बुधबार २०:१९

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् ।  विद्यालय भर्ना अभियानका सन्दर्भमा  बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग  अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने, “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन      सक्दैन ।”

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए ।  प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशील र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे ।

 प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको  स्वरुप फेरिएको स्पष्ट पारे ।  “अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन् ” प्रम ओलीले भने “अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।” गतबर्ष देखि विशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरेका छन् ।

 “विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । यसबर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुदैन ” प्रधानमन्त्री ओलीले भने ।  अन्तरक्रियालाई शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गीरीराजमणी पोख्रेलले सहजीकरण गरेका थिए ।

Next Post

2076-01-04

४ बैशाख २०७६, बुधबार २०:१९
[3d-flip-book id=”3847″ mode=”fullscreen” title=”false” template=”short-white-book-view” urlparam=”fb3d-page”]