बाढी पहिरो प्रभावित क्षेत्रमा उचित राहत सहितको व्यवस्था हुन्छ : प्रधानमन्त्री ओली

१३ श्रावण २०७६, सोमबार १६:४५

काठमाडौं – बाढी पहिरोबाट प्रभावित क्षेत्रमा सरकारले राहत सहितको विशेष प्याकेजको घोषणा गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले राहतको प्याकेज घोषणा गर्ने बताए ।

उनले आजै मन्त्रीपरिषद्को बैठकले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा उचित राहत सहितको व्यवस्थाको घोषणा गर्ने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रम प्रधानमन्त्री ओलीले ४२ श्रष्टालाई सम्मान गरेका थिए ।

Next Post

क्रान्तिकारी महिला महासचिव भृकुटी पक्राउ

१३ श्रावण २०७६, सोमबार १६:४५
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ पक्राउ परेकी छन्।  क्रान्तिकारी महिला संघी महासचिवसमेत रहेकी पूर्वसभासद भृकुटी काठमाडौं बुढानिलकण्ठबाट पक्राउ परेकी हुन्। माइला लामापछि उपत्यकाबाट पक्राउ पर्ने भृकुटी प्रभावशाली नेतृ हुन्। नेपाल बन्दको घोषणाको पूर्वसन्ध्यामा प्रहरीले भृकुटीलाई पक्राउ परेकी हुन्। उनि कालिकाेट जिल्लाबाट समानुपातिक  सभासद […]