काठमाडौं – नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विप्लव समूहका १७ नेताकार्यकतालाई पक्राउ गरेको छ । सरकारले प्रतिबन्ध लगाएयता प्रहरीको विशेष ब्युरोले विभिन्न युनिटको सहयोगमा १७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने सबैभन्दा उच्च तहका नेता विप्लव समूहका पोलिब्युरो सदस्य मोहन कार्की रहेका छन् । पक्राउ पर्ने अन्यमा विप्लव समूहको जनवर्गीय संगठन किसान महासंघका अध्यक्ष राजु कार्की, विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल, नेता जयराम दंगाल, केदार खतिवडा, अर्जुन केसी र अर्जुन गोतामे छन् ।
त्यस्तै, रविन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नविन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी छन् ।


