एमाले एकता जोगाउन अध्यक्षविरुद्ध हस्ताक्षर गरिन : योगेश भट्टराई

मिसन न्यूज ७ जेष्ठ २०७८, शुक्रबार २०:०७

काठमाडौं : एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा (एमाले) एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि वा गलत के गरेको भन्ने कठोर मूल्यांकन इतिहासले गर्ने उल्लेख गरेका छन् ।

‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’

Next Post

प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

७ जेष्ठ २०७८, शुक्रबार २०:०७
काठमाडौं – संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको […]