नेपाल दक्षिण एसियामा तेस्रो भ्रष्ट मुलुक

१२ माघ २०७३, बुधबार ०६:५०

काठमाडाैं-नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने मुलुकमध्ये तेस्रो स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको सूचकांकमा नेपाल २९ औं अंक पाएर १३१ औं स्थानमा रहेको छ। विश्वका १७६ देशमा गरिएको सर्वेक्षणमा नेपाल १३१ औं स्थानमा परेको हो।

दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान रहेको छ भने दोस्रोमा बंगलादेश रहेको सर्वेक्षणले देखाएको छ। विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्युजल्याण्ड छन भने सबैभन्ढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको सर्वेक्षणले देखाएको छ।

यो वर्ष भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले ५० भन्दा कम अंक पाएका छन् । दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् । पाकिस्तान नेपाल भन्दा अगाडि छ, ३२ अंक पाएको पाकिस्तान ११६ औं स्थानमा छ ।

Next Post

निर्वाचनसम्बन्धी विधेयक पारित

१२ माघ २०७३, बुधबार ०६:५०
काठमाडौं— संसदको राज्य व्यवस्था समितिबाट संघीय संरचनाअनुसारको निर्वाचनसम्बन्धी विधेयक शुक्रबार पारित भएको छ। समितिले निर्वाचन कसुर तथा साजयसम्बन्धी प्रचलित कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ लाई पारित गरेको हो। मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक पारित भइसकेको अवस्थामा तेस्रो विधेयक संसदमा पेश गर्न परिपक्व भएको हो। ज्य […]