कालिकाेटका नवनिर्वाचित जनप्रतिनीधिले लिए शपथ

मिसन न्यूज १० जेष्ठ २०७९, मंगलवार ११:३१

कालीकोट- जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले सोमबार शपथ तथा पदभार ग्रहण गरेका छन् । गएकाे बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुले शपथ तथा पदभार ग्रहण गरेका हुन् ।

पालिका प्रमुख तथा अध्यक्षहरुलाई जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले सपथ ग्रहण गराएका छन् । खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी, पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकाया, पचालझरना गाउँपालिका अध्यक्ष देवजंग शाही, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र आचार्य र महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिँहले शपथ लिएका छन् ।
यस्तै, सपथसँगै तत्काल पदभार ग्रहण गर्नेमा खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही रहेकाछन् । नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, महावै गाउँपालिका अध्यक्ष खेमवहादुर सिँहले पनि पदभार ग्रहण गरेका छन् ।

Next Post

रविको पार्टी प्रदेश सभा चुनावमा भाग नलिने

१० जेष्ठ २०७९, मंगलवार ११:३१
काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराएका हुन । निर्वाचन आयोगले ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र […]

You May Like