सामाजिक सुरक्षा कार्यक्रमलाई एउटै छानामुनि ल्याइने

५ चैत्र २०७५, मंगलवार १६:४२

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा कार्यक्रमलाई एउटै छानामुनि ल्याइने बताएका छन् । नागरिक लगानी कोषको भवन शिलान्यास तथा २९औं वार्षिक कार्यक्रममा उनले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका सरकारका विभिन्न संघसंस्थालाई एकीकृत रूपमा सञ्चालन गरिने बताएका हुन् ।

‘सम्पूर्ण सामाजिक सुरक्षाका कार्यक्रमलाई एउटै छातामुनि ल्याएर विश्वमा अन्य मुलुकमा भएजस्तै समाजिक सुरक्षासँग सम्बन्धित परिचयपत्रदेखि समाजिक सुरक्षाभत्ता बाँड्नेसम्मको सबै कामलाई एकीकृत रूपमा सञ्चालन गरिनेछ,’ उनले भने, ‘समाजिक सुरक्षामा काम गर्ने संस्थालाई पाँच वर्षभित्र संस्थागत पुनःसंरचना गरेर एकीकृत गरिनेछ ।’

मन्त्री खतिवडाले सामाजिक सुरक्षा कार्यक्रममा नागरिक लगानी कोष अभिन्न अंग भएकाले सरकारसँग सँगसँगै अगाडि बढ्नुपर्ने बताए । कोषलाई वित्तीय बजारमा बलियो आधार बनाउनुपर्ने उल्लेख गर्दै कोषलाई बढी स्वायत्त र स्पष्ट बनाउन नयाँ कानुन बनाइरहेको जानकारी पनि उनले दिए । स्वपुँजी बजार र धितोपत्रबाट पुँजी उठाउन चाहनेलाई कोषले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । पँुजी बजारमा सक्रिय भूमिका निर्वाह गर्ने संस्था कोष भएकाले मुद्रा बजारमा धेरै नखेल्न आग्रहसमेत उनले आग्रह गरे ।

अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्वपट्टि रहेको कोषको ६ रोपनी जमिनमा २ तलाको बेसमेन्डसहित ९ तलाको कार्यालय भवनको लागत भ्याटबाहेक ६९ करोड रुपैयाँ रहेको छ भने उक्त भवन तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । भवन निर्माण गर्न नक्सा पास सम्पन्न भई सोसम्बन्धी कार्य प्रक्रिया अगाडि बढाउन सहरी विकास तथा भवन निर्माण विभागमार्फत गराउन सम्झौता भइसकेको र निर्माणका लागि ठेक्का बन्दोबस्तीको सूचना जारी भइसकेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थाको निरीक्षण तथा सुपरीवेक्षण गर्ने तयारी भइरहेको जानकारी दिए । कोषका अध्यक्ष प्रा. डा. रामचन्द्र भट्टराईले कोषले ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधार जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बताए । सरकारको उच्च आर्थिक विकास गर्ने अठोटलाई टेवा पु¥याउन कोषले आफुलाई अझ सुदृढ बनाउने उनको भनाइ थियो ।

कोषको लगानीलाई पारदर्शी एवं प्रभावकारी बनाउन तथा पुँजी बजारमा दरिलो उपस्थितिका लागि प्राथमिक एवं दोस्रो बजारबाट सेयर खरिद–बिक्री गर्ने कार्य सञ्चालन गर्ने गरी कोषको लगानी नीतिमा आवश्यक परिमार्जन भएको जानकारी पनि उनले दिए । यसले सेयर बजारमा देखिने अप्रत्याशित मूल्य बढ्ने वा घट्ने प्रवृत्तिलाई एउटा सीमाभित्र कायम राख्न सहयोग पुग्ने अपेक्षा अध्यक्ष भट्टराईले गरे ।

सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले असंगठित क्षेत्रका स्वतन्त्र मजदुर, किसान तथा स्वरोजगारमा रहेका उद्यमी तथा व्यवसायीलाई लगानी कोषका विविध कार्यक्रममा आबद्घ गराउन अध्ययन भइरहेको बताए । कोषमा अहिले ४ हजार ८ सय बढी कार्यालय रहेको र त्यस्ता कार्यालयको सहभागी संख्या ६ लाख ३१ हजार ९१९ रहेको जानकारी पनि उनले दिए । कोषले आव २०७५/७६ को पुस मसान्तसम्ममा १ खर्ब १७ अर्ब १२ करोड बराबर खुद कोष परिचालन गरेको छ भने १ खर्ब १३ अर्ब ८४ करोड लगानी प्रवाह भएको छ ।

कार्यकारी निर्देशक नेपालले आव. २०७४÷७५ को लेखापरीक्षण फागुन मसान्तभित्र सम्पन्न गरी विभिन्न ११ वटा कार्यक्रमको अलग अलग र केन्द्रीय हिसाबको छुट्टै लेखापरीक्षण गरी १२ वटै लेखापरीक्षण प्रतिवेदन महालेखापरीक्षको कार्यालयमा बुझाएको जानकारी पनि सो अवसरमा दिए ।

हाल वित्तीय बजारमा देखिएको लगानीयोग्य रकमको आपूर्तिमा कोषले ठूलो योगदान पुय्राएकाे भन्दै उनले वित्तीय बजारमा ब्याजदर स्थिरता तथा पारदर्शिता ल्याउने प्रयासस्वरूप लगानी नीति, २०७५ लाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको उनको भनाइ थियो । सोही लगानी नीतिमा पुँजी बजारको दिगो विकास र विश्वसनीयता अभिवृद्धिका लागि दोस्रो बजारमार्फत सेयर कारोबारसमेत पारदर्शी रूपमा कोषले कोषले लगानी वृद्धि गरेको पनि उनले बताए ।

कोषले सुरुको अवस्थादेखि नै पुँजी बजारसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ । पँुजी बजारको विकास र विश्वसनीयता ल्याउन स्टक डिलरको काम गर्ने प्रक्रिया सुरु भएको उनको भनाइ थियो ।हाल उक्त कार्यका लागि कोषले सेयर बजारमा कारोबार सुरु गरिसकेको धारणा पनि उनले राखे ।

Next Post

बिप्लवकाे खाेजिमा सूरक्षा निकायकाे टाेलि गाँउ–गाउँ तर्फ

५ चैत्र २०७५, मंगलवार १६:४२
कालिकोट – नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ता खोज्दै सूरक्षा निकायको संयुक्त गस्ति गाँउ तिर लागेको छ । नेपाली सेनाको रणसुर गुल्म पति सेनानी अमृत थापा मगरको नेतृत्वको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सयुक्त सूरक्षा फौँज बिप्लवका नेता तथा कार्यकर्ता खोज्दै मंगलबार गाँउ तिर […]