अस्पतालमै बैठक थाले ओलीले

१४ कार्तिक २०७५, बुधबार १४:११

काठमाडौंः स्वास्थ्य अवस्थामा सुधार आएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम गर्न थालेका छन्। आज बिहान गरिएका विभिन्न परीक्षणका रिपोर्टहरू सन्तोषजनक आएको र स्वास्थ्य स्थितिमा पनि थप सुधार देखिएकाले ओलीले अस्पतालमै अनौपचारिक बैठक गरेका हुन्।

शिक्षण अस्पतालमा उपचारार्थ गत सोमबार भर्ना गरिएका प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको जानकारी गराए। ‘प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन अस्पतालमा बस्नुपर्छ भनेर सल्लाह दिएका हौँ,’ सायमीले भने।

अस्पतालका निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले एन्टिवायोटिकको कोर्ष एक÷दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको जानकारी दिए। यस अघि ओलीलाई आरामको जरुरत रहेको भन्दै सुभेच्छुकलगायतका भेटघाटलाई रोकिएको थियो।

Next Post

भूकम्पको साढे ३ वर्षपछि बल्ल २९ एकीकृत बस्ती बनाउने प्रक्रियामा प्राधिकरण

१४ कार्तिक २०७५, बुधबार १४:११
काठमाडौं–भूकम्प गएको झण्डै साढे ३ वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती पुनर्निर्माणको योजना अघि बढाएको छ । प्राधिकरणले अतिप्रभावित गोरखा, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा २९ वटा एकीककृत बस्ती निर्माणको कार्ययोजना स्वीकृत गरेको हो । एकीकृत बस्तीका लागि कम्तीमा १० घर वा सो भन्दा बढी भएमा एकीकृत बस्ती विकास योजना स्वीकृत गर्न सक्ने […]