कालिकोट– नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले अब कांग्रेसले भष्ट्राचार विरुद्धको अभियान संचालन गर्ने बताए । जिल्लामा मौलाएको अनियमितता र शुसान विरोधी गतिविधिलाई लाईनमा ल्याउन भष्ट्राचार विरुद्धको अभियान गर्ने सभापति बमले बताए । विहिबार जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरी सभापति बमले सो कुरा बताएका हुन् । नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलनको बन्दसत्रबाट पारित गरिएका निर्णय सार्वजनिक समेत गरिएको छ ।
जिल्लाका ९ स्थानीय तहमा भएको बढ्दो अनियमिततालाई नियन्त्रण गर्न पहल राज्यको चौथो अंग पत्रकार जगतले स्थायी प्रतिपक्षको काम गर्न समेत पत्रकार सम्मेलनमा आग्रह गरिएको थियो । स्थानीय निर्वाचन भएको एक बर्ष पुरा हुँदा पनि अधिकांस स्थानीय तहले कानुन समेत निर्माण गर्न नसक्नु ठुलो कमजोरी रहेको कांग्रेस नेता दमन शाहीले बताए ।
‘विगतका जिल्ला परिषदमा १४ चरणको छलफलपछि मात्र वजेट विनियोजन हुन्थ्यो ।’ नेता शाहीले भने, ‘अहिलेका जनप्रतिनिधिले ७ चरण पनि पुरा नगरेर बजेट ब्रेक डाउन गर्ने गरिएको छ ।’ सम्मेलनले जिल्लामा भएको अनियमितता र शुसानलाई कायम गर्न अभियान नै संचालन गर्ने निर्णय सार्वजनिक गरिएको छ ।
जिल्ला भरीका ९ स्थानीय तह मध्य तिन वटा नगरपालिका र ६ वटा गाउँपालिकामा आफ्ना भातृय संगठनलाई सक्रिय बनाएर लैजाने निर्णय गरिएको छ । आगामी दिनमा जिल्लाका ९ वटै स्थानीय तहमा गएर पार्टीले प्रशिक्षण कार्यक्रम राख्ने र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको काममा अनुशासित भएर काम गर्न निर्देशन सहितको निर्णय गरिएको छ ।
पत्रकार सम्मेलनमा कालिकोटका ४ जना पत्रकारलाई सम्मान गरिएको छ । भर्खरै सम्मपन्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको अधिवेशनमा कालिकोटबाट निर्वाचि पत्रकारलाई बधाइ सहित सम्मान गरिएको हो । प्रदेश कार्य समितिको सचिवमा निर्वाचित पवित्रकुमार शाही, सदस्यमा निर्वाचित, कृष्णराज धमाला, विष्णुप्रसाद न्यौंपाने र अशोककुमार सिँहलाई सम्मान गरिएको थियो ।


