माओवादी केन्द्र कार्तिक ५ गते सरकारबाट बाहिरिने

१ कार्तिक २०७४, बुधबार १६:५६

काठमाण्डौं– बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाहीले यही कार्तिक ५ गते सरकारबाट बाहिरिने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले आफूहरुलाई सरकारमै बसिरहने कुनै चाहना नरहेको स्पष्ट पारेका हुन् । उनले भने, ‘हामी चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमै बसेका हौं, होइन भने हामीलाई विनाविभागीय भएर सरकारमै बसिरहन चाहँदैनौं ।’

उनले प्रधानन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने संकेत देखाएको भन्दै आफूहरु मनोनयनको मितिसम्म सरकारमा बिना विभागियकै रुपमै भएपनि बस्ने स्पष्ट पारे ।

शाहीले भने, ‘प्रधानमन्त्रीले ठूलो गल्ती गर्नुभएको छ, संसद नभएको बेला र हामीले सरकारलाई दिएको समर्थन कायम राखेको बेलामा मन्त्रीहरु थप्नुभयो, मन्त्रीहरुका गाडीले काठमाण्डुमा जाम हुने स्थिति भयो, हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन्, हामी यही कार्तिक ५ गतेसम्म सरकारमा बस्छौँ त्यसपछि सरकार छोड्छौँ ।’

आफूहरु मृत्यसँग जितेर आएको बताउँदै मन्त्री शाहीले तोकिएको समयमा प्रधानमन्त्रीले निर्वाचन नगरे र चुनाव सार्ने रणनीतिमा लागेको खण्डमा सरकार र सडकबाट आन्दोलन थाल्ने चेतावनी समेत दिए ।

उनले भने, ‘हामी मृत्युसँग जितेर आएका मानिस हौ, हामी सत्ताको लागि होइन मुलुकको हितका निम्ति बाँचेका मानिस हौँ, संघियता बिरोधी, धर्मनिरपेक्षा बिरोधिजस्ता तत्वहरुलाई सरकारमा सामेल गराएर चुनाव सार्ने काम हामीलाई स्वीकार्य हुँदैन ।’

मन्त्री शाहीले वाम गठबन्धन राजनीतिक स्थिरताको लागि भएको समेत स्पष्ट पारे । उनले भने, ‘स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुनै पार्टीको बहुमत आएन, फेरीपनि केन्द्र र प्रदेशको निर्वाचनमा पनि प्रष्ट बहुमत नआउने पक्का छ, त्यसैले नै हामीले ठुलो गृहकार्यबाट वाम एकताको बहस गरेका हौँ ।’

वाम एकताको कुराबाट देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको टिप्पणी गर्दै मन्त्री शाहीले भने, ‘वाम एकताको नाममा देशलाई स्थिरता र समृद्धितर्फ लैजान नदिने देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको छ, उहाँ सुते पनि नसुतेपनि हाम्रो एकता मुलुकको लागि हो, लोकतन्त्रको लागि हो,कुनै छलकपट लुकाएर गर्न खोजिएको एकता होइन ।’

 

Next Post

पलातामा साँस्कृतिक महोत्सव, स्वास्थ्य शिविरको तयारीे

१ कार्तिक २०७४, बुधबार १६:५६
कालिकोट- जिल्लाको पलाता गाउँपालिकामा पहिलो पटट बृहत साँस्कृतिक महोत्सवसंगै स्वास्थ्य शिविर संचालन हुने भएको छ । मीरा स्मृती कव, स्वास्थ्य शिविर आगामी कार्तिक १३ देखि १८ गतेसम्म संचालन हुने भएको हो । स्थानीय लोक सास्कृतिकको पहिचान र स्वस्थ र सुन्दर पलता बनाउने उद्देश्यले महोत्सव र स्वास्थ्य शिविर संचालन गरिने आयोजकले […]