पलाँताका दुई तिहाइ जनप्रतिनिधि अध्यक्ष बमको विरुद्धमा आन्दोलित

२८ कार्तिक २०७४, मंगलवार १७:०२

 

कालिकोट– जिल्लादेखि केन्द्रसम्म मुलुक चुनावी माहोलले तातिरहेका वेला पलाँता गाउँपालिकामा चुनावीे रौनकता छैन । सिंहदरबार गाउँमा हैन राज दरबारको शासन आएको भन्दै दुई तिहाइ जनप्रतिनिधिले गाउँ छाडेर सदरमुकाम आएका छन् । गाउँपालिका अध्यक्ष लक्षमण बमको विरुद्धमा जनप्रतिनिधि सदरमुकाम मान्ममा तैनाथ भएका हुन् ।

आन्दोलनमा उत्रिएका जनप्रतिनिधिले भने, गाउँपालिका अध्यक्ष बमले गाउँमा जनतालाई मात्र हैन् जनप्रतिनिधिलाई समेत ढाड सेक्ने गरी पीडा पाइयो ।  गाउँपालिका उपाध्यक्ष दाँना न्यौपानेको नेतृत्वमा ६ वटा वडाका अध्यक्षलगायत ३२ जना जनप्रतिनिधि अध्यक्ष बमको विरुद्धमा आन्दोलनमा उत्रिएका छन् । कालिकोटकै विकट क्षेत्र पलाँतामा विकासको नाममा गाउँपालिका अध्यक्षले एकल निर्णय गरेर बजेट सक्ने काम गरेको जनप्रतिनिधिले बताए ।

मंगलबार जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलनको आयोजना गरी दुई तिहाइ जनप्रतिनिधिले प्रशासन, समन्वय समितीमा न्याय माग्न आएको बताए ।  विकासका हरेक गतिविधिमा अध्यक्ष बमले मनपरि गरेकाले दुई तिहाइ जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्ने निर्णय गरेका छन् ।

निर्वाचनले जनप्रतिनिधि दिएको ६ महिना वितिसक्दा पनि गाउँपालिकाको कार्यालय झोलामा संचालन भएको वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मानबहादुर भण्डारीले बताए । उनले भने, ‘गाउँपालिका अध्यक्ष बमले गाउँका मेडिकल बन्द गरेर आफ्नो हस्पीटल दर्ता गरेर औषधी खरिद विक्री गर्ने काम गरियो । ए एन बि अस्पातल दर्ता गरेर एकल तरिकाले बजेट सक्ने काम भएको छ । ’

वडाध्यक्ष भण्डारीले भने, ‘ए भनेको गाउँपालिका अध्यक्ष बमका वुवाको नाम ऐन, एन भनेको आमाको नाम नौरता र बि भनेको जात खुलाउने बम हो ।’ आफन्तको नाममा हस्पीटल दर्ता गरेर गाउँसभामा निर्णय नगरी संचालन गरिएको अध्यक्ष बमलाई आरोप लागेको छ । अस्पताल दर्ता गरी एक पटक स्वास्थ्य शिविर समेत संचान भईसकेको छ ।

सहिदको नाममा सहिद स्मृति प्रतिष्ठान आफ्नो भतिजको नाममा बनाएर पलाँता महोत्सवको नाममा १५ लाख बजेट दुरुपयोग भएको भन्दै त्यसको लेखाजोखा हुनु पर्ने बैठकको निर्णयमा लेखिएको छ । त्यस्तै निर्वाचनको सुरुवातमा आएको कार्यालय व्यवस्थापनको १ करोड रुपैयाँको वील भर्पाइ कसैलाई नदेखाएकाले तत्काल छानविन हुनु पर्ने लगायतका निर्णय सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएका वैठकका निर्णय

गाउँपालिकाको विशेष गाउँसभा आयोजना गर्ने ।

विशेष गाउँसभा माग गर्नुको काराण

हालसम्म संचालन भएका योजनाको बजेटको खोजी गर्ने

वडा र गाउँपालिका व्यवस्थापनको रकमको जानकारी पाउँन ।

उपभोक्ताले सामान खरिद नगरी गाउँपालिका अध्यक्षले नै सामान खरिद गर्नु ।

ए एन बि अस्पताल लाई सहकार्यको लागि अनुमति नदिएरै संचालन गरिनु ।

१० बर्षे गरु योजनामा एकल रुपमा लागु गरिनु ।

१५ लाख खर्च गरेर सास्कृतिक महोत्सव गरिनु ।

आवासिय विद्यालय संचालन गर्न मनपरि गरिनु ।

नियम कानुन विपरित लाइसेन्स भएका मदिरा व्यापारीलाई मदिरा प्रतिवन्द गराइनु ।

सिँहदरबार हैन राजदरबार आयो

गाउँपालिकाकी उपाध्यक्ष दाँना न्यौपानेले भनिन, ‘यस्तो शासन लाद्ने जमना त अझै रहेछ । हिजोका गाउँका प्रधान उपप्रधानले पनि यस्तो शासकको काम गर्दैने थिए । हामी पनि जनप्रतिनिधि हौँ । अध्यक्षभन्दा धेरै भोट ल्याएर उपाध्यक्ष जितेकी हुँ ।

गाउँपालिकामा मनपरि तन्त्र गरेर अध्यक्ष बमले कहिलेसम्म चल्छ ।’ प्रकृतिले ठगेको विकट गाउँलाई फेरी गाउँपालिका अध्यक्षले धोका दिने गरेको जनप्रतिनिधिले बताए । गाउँमा आउने संघ संस्थालाई समेत निशेध गराएकाले झनै अभाव खेप्नु परेको वडाध्यक्ष कर्णबहादुर रोकायाले बताए ।

 

 

Next Post

खरिदार देखी कार्यकारीसम्मको काम पंगेनीलाई

२८ कार्तिक २०७४, मंगलवार १७:०२
पवित्रकुमार शाही – कालिकोट/ खाँडाचक्र नगरपालिमा कार्यरत कार्यकारी अधिकृत कासीप्रसाद पंगेनीलाई कार्यालयको काममा भ्याइ —नभ्याइ छ । पंगेनीलाई विहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म अफिसको कामले छुटकरा दिदैन् । २२ जना कर्मचारीको दरबन्दी भए पनि उनि एक्लैले नगरपालिकाको काम जेनतेन धानेका छन् । स्थानीय चुनवाव सकिएको ६ महिनादेखि नगरपालिकामा कर्मचारी विहिन […]