जनयुद्ध स्थापनाको अवसरमा सडक उद्घाटन गर्ने विप्लप निकट युवाको तयारी

१७ माघ २०७४, बुधबार १६:२०

कालिकोट– नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयमसेवकले जनयुद्ध स्थापनाको अवसरमा आगामी फागुन १ गते सडक उद्घाटन गर्ने तयारी गरेको छ । बुधवार सदरमुकाम मान्ममा पत्रकार सम्मेलनको आयोजना गरि सो कुरा जानकारी गरिएको हो । नरहरिनाथ गाउँपालिकाले उक्त सडकको टेन्डर आव्हान समेत गरिसको छ । गाउँपालिकाले टेन्डर आव्हान गरे पनि खोसेर आफ्नो पार्टीले काम सूरु गर्ने जनस्वयसेवकले बताएका छन् ।

जिल्लाको खुलालु देखि माल्कोट हुँदै रुप्सासम्म करिव ९ किलोमिटरको लम्बाई भएको सडक उद्घाटन गरिने जानकारी गरिएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय युवा जनस्वयमसेवकका कर्णाली इन्चार्ज दिनेश विकले राष्ट्रघाती सन्धि सम्झौताका विरुद्ध संगठनले ससक्त रुपमा आवाज उठाउने बताए ।

राष्ट्रिय युवा जनस्वयमसेवक जिल्ला कार्य समिति कालिकोटले जिल्लाका सवै गाउँमा मदिरा नियन्त्रण गर्ने समेत भएको छ । जिल्लामा हुने भ्रष्ट्राचार, कालो बाजारी, महंगीका विरुद्ध संघर्स गर्ने र समाजमा व्याप्त विकृतिका विरुद्धका प्रतिवाद गर्ने बताइएको छ । यहि १५ गतेबाट सुरु भएको तिन महिने जन जागरण अभियानलाई जिल्लामा पनि निरन्तरता दिएर संगठन विस्तार गर्नेलगाएत १० बुद्धे प्रस्ताव सार्वजनिक गरिएको छ ।

एकिकृत जनक्रान्तिको नामा बम हान्ने काम किन हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा, विश्वमा सवैभन्दा सस्तो बजार र व्यापार बम भएको संगठनका कर्णाली इन्चार्ज दिनेशले बताए । आवश्यकता अनुसारको परिस्थिमा अगाडी बढ्ने उनले बताए । उनले देशभरका युवाहरुले एकिकृत जनक्रान्तिमा लाम्बद्ध हुन जरुरी भएको बताए ।

Next Post

सडक हस्तान्त्रणपछि रोजगार खोज्दै रास्कोटवासी

१७ माघ २०७४, बुधबार १६:२०
कालिकोट– रास्कोट नगरपालिका—१ लहरेलाका टेकबहादुर शाही विगत दुई बर्षदेखि सडक निर्माण समुहमा काम गर्थे । शाही दिनको न्युनतम ६ सय रुपैयाँ कमाउथे । दिनको ६ सयका दरले महिनामा १८ हजार कमाइ उनले गर्थे । २ वर्र्ष अघि रास्कोटको सान्नीगाड देखि सिप्खानासम्मको सडक निर्माणमा उनि काम गर्दै आएका हुन् । नेपाल […]