रवि लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता, पाँच वर्ष कैद र पचास हजार जरिवाना माग

८ भाद्र २०७६, आईतवार १६:१२

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको  छ ।जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध  अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो ।

अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले मुद्दा दर्ता भएको पुष्टि गर्दै बयानको क्रम सुरु भएको  बताए । ‘भर्खरै बयान सुरू भएको छ । पहिले कसको लिने भन्ने टुंगो लागिसकेको छैन’, उनले भने ।

अब अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।

Next Post

कर्णालीमा तीजको हर्षोल्लासमय रौनकता

८ भाद्र २०७६, आईतवार १६:१२
कालिकाेट – कर्णालीमा हरितालिका तीज धुमधामका साथ मनाइएको छ । विगतका बर्षझै यसपालिको तिजमा पनि निकै रौनकताले छाएको हो । देश विदेशका हिन्दू नारी जस्तै कर्णालीका नारीले पनि तीजलाई भव्य स्वागत गरेकि छन् । तीज नारीहरुको लागि एउटा महत्वपूर्ण चाड भएकाले यसलाई विशेष रुपमा मनाउने प्रचलन रहेको छ । यो […]