मिसन ग्रासरुट

आगामी चुनावमा माओवादी शून्यमा पुग्छः भट्टराई

मिसन न्यूज १७ फाल्गुन २०७९, बुधबार १४:०३

दैलेख – नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आगामी चुनावमा माओवादीको अवस्था शून्यमा पुग्ने बताएका छन् ।

शून्यमा पुग्नुको मुख्य दोष प्रचण्डको नै हुने उनले बताएका छन् । मिसन ग्रासरुट अभियान अन्तर्गत दैलेखको आठबीस नगरपालिकामा पार्टीका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले नेपाली काँग्रेसले धोका दिएपछि प्रचण्ड एमालेसँग टाँसिन आफै आएको बताए ।

‘कम्युनिस्टको एकता अभियानमा कहिल्यैपनि धोका नदिने बचन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के.पि. ओलीलाई दिएपछि घिसारिदै आएका प्रचण्डलाई एमाले प्रधानमन्त्री बनाएको हो, उनले एमालेसँग खाएको कसम केहि दिनमै बिर्से, उनि धोकेबाज हुन् । यसले एमालेलाई कुनै पनि घाटा हुँदैन प्रचण्डले आफ्नो सकिने बाटो आफै खनेका हुन्, आगामी चुनावमा हामी एकल बहुमतका साथ सरकारमा जान्छौं प्रचण्डको पार्टी सकिन्छ ।’
२०६४ सालको चुनावका बेलादेखि माओवादीले पाएको मत र अहिले २०७९ मा पाएको मत हेर्दा हुन्छ निरन्तर ओरालो गतिमा माओवादी छ । प्रचण्डको यस्तै शैलिले आगामी चुनाव शून्यमा जाने स्पष्ट छ ।

एमालेको मिसन ग्रासरुट अभियानले देशको कुना कुनामा रहेका जनताले के चाहना गरेका छन्, कसरी अवस्था परिवर्तन गर्न सकिन्छ सवै बिषयको खोजी नेताहरुले गर्नुहुनेछ । जनताको बहुदलिय जनवादको माध्यमबाट समाजवादमा पुग्ने बाटो तय गर्न एमालेले यस्तो अभियान थालेको भट्टराईको भनाई छ ।

अभियानकै क्रममा कर्णाली प्रदेश सह ईन्चार्ज एवं स्थाई कमिटी सदस्य गोरक वोगटी, प्रतिनिधि सभा सदस्य चन्द्र बहादुर विश्वकर्मा, आठबीस नगरपालिका र ठाँटीकाँध गापाका लागि केन्द्रीय प्रतिनिधि लगायतका नेताहरूले वर्तमान अवस्था र पार्टीको कार्ययोजनाबारे प्रशिक्षण गरेका छन् ।

Next Post

मिसन ग्रासरुट: एमाले नेता शाही जुम्लाका गाउँगाउँमा 

१७ फाल्गुन २०७९, बुधबार १४:०३
जुम्ला- नेकपा एमालेका केन्द्रीय सदस्य नगिन्द्र शाही (नेस्नल) जुम्लाका गाउँगाउँमा पुगेका छन् । आगामी चुनावमा एमालेलाई एक नम्बरको पार्टी बनाउन संगठन सुदृढीकरण तथा विस्तार गर्न पार्टीकाे “मिसन ग्रासरुट” भियानमा लागेका हुन । कालिकोट ईन्चार्ज समेत रहेका शाहीको जुम्ला कार्यक्षेत्र परेकाे छ । जुम्लाका दुर्गम गाउँमा पार्टी विस्तार अभियानमा व्यस्त रहेको […]

You May Like