लोकतन्त्र र संविधान गम्भिर संकट

लोकतन्त्र र संविधान दलहरुले बचाउनु पर्ने सर्वदलीय बैठकको निष्कर्ष

मिसन न्यूज संवाददाता २८ जेष्ठ २०७८, शुक्रबार १९:०५

काठमाडौं-सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए ।‘अहिले लोकतन्त्र धरापमा परेको छ । पटक पटक संसद विघटन भएको छ । यसमा साझा चिन्ता व्यक्त भयो’, डा.भट्टराइले भने, ‘कोरोना महामारी चर्किएको छ । खोप व्यवस्थापन हुन सकेको छैन ।

यो विषयमा पनि हामी सबैको एउटै मत रह्यो ।’बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर गरेका छन् । नेता भट्टराईले संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको जानकारी दिए । उनले यसरी पटक पटक संसद विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको​ पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउनेमा विश्वास गरिएको बताए ।

‘सभामुखलाई लोकतन्त्रको पक्षमा घच्घच्याउनुस्, लोकतन्त्र बचाइ राख्नुस् भनेर हामीले सुझाव दियौँ’, भट्टराइले भने,  ‘उहाँले आफ्नो प्रयास रहने बताउनुभयो ।’  नेता भट्टराईले दलहरु बीचको आन्तरिक कचिङ्गललाई खेलेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयास भैरहेकोप्रति दलहरु सचेत रहन जरुरी भएको बताए। सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन् । यसअघि उनले कानुनविदहरुसँग समेत छलफल गरेका थिए ।

Next Post

पुनर्बहाली भएका सांसदले दलिए भित्रको आचारसंहिता मान्नुपर्ने : यामलाल काँडेल

२८ जेष्ठ २०७८, शुक्रबार १९:०५
सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले संसद भित्र दुई वटा एमाले नरहेके बताएका छन् । शुक्रबार बसेको कर्णाली प्रदेश प्रदेशसभाको बैठकमा बोल्दै नेता कँडेलले संसदमा सहभागी सदस्यले दलको दलिए भित्रको आचारसंहिता बमोजिमको आचरणमा बस्नुपर्ने बताएका हुन् । ‘संसदमा दुईवटा एमाले छैन र हुँदैन, मन लागेको ठाउँमा बस्न […]