हवल्दार चन्दद्धारा म्यादी प्रहरीकाे रामधुलाइ

८ जेष्ठ २०७४, सोमबार १८:०८

कालिकोट : जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक हवल्दारले एक दर्जन बढी म्यादी प्रहरी कुटेपछि आतंक मचिएको छ । प्रहरी हवल्दार प्रेम चन्दले म्यादी प्रहरीलाई लाईन लगाउदै कुट्दै गरेका हुन् । म्यादी प्रहरीको विहान — बेलुकाको रोलकालमा हवल्दारले कानका जाली तात्ने गरी कुटपीट गरेको म्यादी प्रहरीले गुनासो गरेका छन् । ५ जना म्यादी प्रहरीलाई यातना दिएर कुटपिट भएपछि म्यादी प्रहरीले प्रतिकार गरेका थिए ।

लामासमय सम्म म्यादी प्रहरीलाई र्दुव्यबहार र पीट्ने काम गरेपछि म्यादीले अन्ततः प्रतिकार गरेका सुनाए । अर्का हवल्दार धिरेन्द्र शाहीले आफुलाई राम्रो व्यबहार गरेको सुनाउदै म्यादी प्रहरी प्रभुजन सेजुवालले भने, ‘यस्तो यातना र चोट जीवनमा खाइएन । हामिलाई जसरी पीटेको छ । त्यसरी नै कार्वाही होस ।’

म्यादी प्रहरीले अन्यया नसहिसकेपछि जिल्ला प्रहरी प्रमुख (डियस्पी) योगेन्द्र खड्कालाई गलत गर्ने हवल्दारको कार्वाहीको माग गर्दै निवेदन दिएका छन् । सोमवार विहान जिल्ला प्रहरी भित्र पसेका हवल्दार चन्द असुरक्षाका काराण बाहिर निक्लेका छैनन् । हवल्दार चन्दले पुरुष म्यादी प्रहरीलाई महिला म्यादीको टागमुनि छिराउने र घोडा चढे जस्तै गुर्नु पर्ने जस्ता काम समेत गराएको पीडितले बताएका छन् ।

मान्मको खुल्ला मंचमा सोमवार विहान रोलकालमा व्यस्त रहेका म्यादीलाई नाक, मुख, छाति र कानमा मुक्का प्रहार गरेको म्यादी प्रहरी लोकेन्द्र न्यौंपानेले बताए । उनले भने, ‘५ जना साथी त खाना खान पनि सक्दैनन् । छाति र कानमा धेरैको चोट लागेको छ ।’ स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीमा नाम निकालेर कार्यक्षेत्रमा खटिएर जिल्ला फर्किएका दर्जनौ म्यादी प्रहरी हवल्दार चन्दबाट कुटिएपछि वितन्डा मचिएको छ । ड्युटीमा खटिका म्यादी प्रहरीले सोमबार जिल्ला प्रहरीको गेटमा ५ पटक कार्वाहीको माग गर्दै धर्ना दिएका थिए ।

खाडाँचक्र नगरपालिका — ३ का अविराम पाण्डेको छाति र कानमा चोट लागेको छ । पीडित पाण्डेले भने, ‘लाईनमा लागेको बेला छाति र कानमा चन्दले हानेका हुन् ।’ छोरालाई कुट्ने हवल्दारलाई तत्काल कार्वाही नभए आन्दोलन गर्ने पिडित पाण्डेका वुवा लालप्रसाद पाण्डेले बताए । उनले भने, ‘छोराले रगत उल्टी गरेको छ । छातिमा चोट छ तर अहिलेसम्म उपचार भएको छैन् ।’ म्यादी प्रहरी प्रभुजन सेजुवाल, लोकेन्द्र न्यौंपाने, महिला म्यादी प्रहरी नौला बुढालगायतका लाई कुटपीट र र्दुव्यबहार गरेको म्यादी प्रहरीले गुनासो गरेका छन् ।

हवल्दार चन्दले के कति कमजोरी गरेका हुन् त्यसको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । दैलेख घर भएका हवल्दार चन्द प्रायः मान्म बजारमा होहल्ला गर्नेलाई कुट्ने र पक्राउ गर्ने जिम्मा लिने गरेका थिए । उनि जिल्ला प्रहरी कार्यालयको सुरक्षामा छन् ।

Next Post

विवाहलाई 'नो चान्स : मनिषा कोइराला

८ जेष्ठ २०७४, सोमबार १८:०८
मुम्बई- सात वर्षअघि काठमाडौंका व्यापारी सम्राट दाहालसँग लगनगाँठो कसे पनि बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाको वैवाहिक जीवन लामो समय टिक्न सकेन। हनिमुनका लागि फिनल्यान्ड पुगेको यो जोडी दुई वर्षपछि अलग्गिए। सम्राटसँग छुट्टिएकै साल पाठेघरको क्यान्सर भएपछि उनले तीन वर्षको उपचारपछि क्यान्सरबाट छुट्कारा पाइन्। औपचारिक रूपमै दाम्पत्य जीवनको समाप्तिपछि […]