माधव नेपालले भने,– सरकारमा आलोपालो कुरा आउन दिनुस्

मिसन न्यूज १५ फाल्गुन २०७९, सोमबार १७:३२

सुर्खेत । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सरकारमा आलोपालो कुरा आउन दिनुस् भनेर बताएका छन् । पार्र्टीको प्रशिक्षण कार्यक्रममा सुर्खेत पुगेका अध्यक्ष नेपालले पत्रकारले सरकार माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले आलोपालो चलाउने बिषयमा सोधिएको प्रश्नमा आलोपालोको कुरा आउन दिनुस भनेका हुन् ।
अहिले प्रधानमन्त्री प्रचण्ड भएको अध्यक्षले नेपालले बताए । ‘आलोपालो कुरा बाहिर आउन दिनुस ।’ उनले भने,‘अहिले प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ ।’
कसै प्रति कुनै आग्रह कसै प्रति पूर्वाग्रह नराख्ने अध्यक्ष नेपालले बताए । ‘बिचार मिल्नेसँग मिल्नेसँग एकता हुन्छ ।’ उनले भने,‘कार्यशैली, बिचार, सिन्द्धात, मन पनि मिल्छ पार्टी एकता हुन्छ । हाम्रो पार्टी कुनै हालतमा पनि बिलय हुँदैन ।’
राष्ट्रपति निर्वाचन कुनै सत्ता लछाचुडी नभएको र यो प्रतिस्पर्धा भएको अध्यक्ष नेपालले बताए । ‘राष्ट्रपतिको निर्वाचन भनेको प्रतिस्पर्धा हो ।’ उनले भने,‘यो कुनै सत्ताको लुछाँचुडी हैन् ।’
निर्वाचनमा आफुहरुले जति आश गरेको थियो त्यो परिमाण आउन नसकेको अध्यक्ष नेपालले बताए । ‘हामीले जति सिटको आशा गरेका थियौं । त्यो आउन सकेन । प्रदेशसभामा आएको सिट चित्त बुझ्दौ भएन् ।’ उनले भने,‘समानुपातिक मत कम आउनुमा हाम्रै कमजोरी रहेको थियो । हामीले नयाँ पार्टी भएका कारणले थोरै समयका कारणले समानुपातिक मत कम आयो ।’

 

Next Post

एमालेका मन्त्रीले बुझाए राजीनामा 

१५ फाल्गुन २०७९, सोमबार १७:३२
काठमाडौं । एमालेका आठजना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित आठजनाले राजीनामा बुझाएका हुन् । एमालेको आज बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारमा एमालेबाट उपप्रधानमन्त्री तथा […]