कालिकोट-पलाँता गाउँपालिकाकमा नाराबाजी सहित प्रर्दशन भएको छ । स्थानीय खिन र धौलागोहका नागरिकले नाराबाजी गरेका हुन् । वैशाखको अन्तिम सातामा पलाँतामा गाउँपालिका अध्यक्ष लक्ष्मण बम, नेकपा गाउँकमिटीका अध्यक्ष ईन्द्र रोकाया र १ वडाका अध्यक्ष मानबहादुर भण्डारी विच झडब भएको थियो । झडवमा दुवै पक्ष घाईते भएका थिए ।
अध्यक्ष लक्ष्मण बममाथि वडाध्यक्ष भण्डारीले हातपातको सुरुवात गरेपछि दोहोरो झडब भएको थियो । गाउँपालिका अध्यक्ष बमबिरुद्ध बिहिबार दिनभर चर्काे नाराबाजी सहित पुत्ला दहनसम्म गरिएको छ । गाउँपालिका अध्यक्षको पुत्ला दहन गर्नुका साथै वडा कार्यालयल र शाखा कार्यालयमा माथि ढुंगामुडा समेत गरिएको छ । विवादले चर्को रुप लिएको छ भने, सुरक्षा निकाय मौन देखिएको छ । काेराेना कहरका वेला पलाँतामा लकडाउनकाे धज्जी उडाइएकाे छ । यसले गर्दा जिल्ला भरिका नागिरक काेराेनाकाे जाेखिममा छन् ।
गत वैशाख २७ गते शनिबार गाउँपालिका अध्यक्ष बम र उनकी श्रीमती गोरिकला बममाथि आक्रमण भएपछिको विवादले चर्को रुप लिएपछि पक्ष बिपक्षबिच चर्काे नाराबाजी भइरहेको स्थानीयले बताएका छन् । मंगलबार बम पक्षका स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै पलाँता प्रहरी चौकी घेराउ गरेका थिए ।
आक्रमण गरेको आरोपमा पक्राउ परेका नेपाल कम्यूनिष्ट पाटी (नेकपा) पलाता गाउँ कमिटी अध्यक्ष इन्द्र रोकाया र सोही गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर भण्डारीका समर्थकहरुले झुट्टा मुद्धा खारेज गर, जस्ता नारा लगाएका छन् ।कालोझण्डासहित अध्यक्ष बमका विरुद्धमा उत्रेका स्थानीयले गाउँपालिकाका केहि वडा कार्यालयमा ताला लगाएका छन् । बुधबार पक्राउ परेका स्थानिय नेताहरूलाई रिहा नगरेसम्म ताला नखोलिने उनीहरुले बताएका छन् । यता घाईते गाउँपालिका अध्यक्ष बम र उनकि श्रीमति प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिरहेका छन् ।