काठमाडौं । एमालेका आठजना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित आठजनाले राजीनामा बुझाएका हुन् ।
एमालेको आज बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
सरकारमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, कृषिमन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र भूमिसुधारमन्त्री राजेन्द्रकुमार राई सहभागी थिए ।