सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

२३ फाल्गुन २०७५, बिहीबार १७:१९

काठमाडौ – सर्वोच्च अदालतले स्वतन्त्र मधेसको पक्षमा अभियान चलाइरहेका सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ। राज्य विप्लवको अभियोगमा प्रहरीले सिके राउतलाई गत असोज २१ गते पक्राउ गरेको थियो। प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो थियो उच्च अदालतले त्यसलाई सदर गरेको थियो । तर, निवेदकविरुद्ध किटानी जाहेरी नपरेको तथा अपराधसँग सम्बन्धित दशी प्रमाण फेला नपरेको भन्दै सर्वोच्चले साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।

उक्त आदेशविरूद्ध राउतले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुनरावेदन दिएका थिए। पुनरावेदनले पनि जिल्ला अदालतको आदेश सदर गरिदिएको थियो। त्यसपछि उनी सर्वोच्च पुगेका थिए।राउत अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।

Next Post

तुरन्तपुरमा प्रहरीको छापा, विप्लवका नेतामाथि गोली प्रहार

२३ फाल्गुन २०७५, बिहीबार १७:१९
कपिलवस्तु – कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताको घरमा प्रहरीले छापा मारेको छ। शिवराज नगरपालिका– ९ स्थित शिवगढीको तुरन्तपुरमा बिहीबार बिहान प्रहरीको टाेलीले छापा हानेर विप्लव नेता दुर्गा बहादुर रोकाको घरबाट पेस्तोलसहित अत्याधुनिक हतियार बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी टोलीले एसएमजी सर्ट मेशिन गन २ थान […]