साउन १६ गते बस्ने गरी अाजकाे राष्ट्रिय सभा बैठक स्थगित

९ श्रावण २०७५, बुधबार १३:११

काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

बैठक सुरु हुनासाथ काङ्ग्रेसका सांसदहरूले उभिएर विरोध जनाएका थिए। काङ्ग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सत्तारुढ सांसदलाई बोल्न दिएपनि त्यो सम्भव हुन सकेन।

सभाध्यक्षले बारम्बार अाग्रह गर्दा पनि कांग्रेसले अवरोध जारी राखेकाले बैठक स्थगित भएको बताइएको छ। राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गतेका लागि बोलाइएको छ। आजको बैठमा राष्ट्रिय सभाका विषगत समितिहरुमा सदस्य मनोनयन गर्ने कार्यसूची थियो।

Next Post

किन भयाे सरकार र केसी पक्षबीचको वार्तामा ढिलाई ?

९ श्रावण २०७५, बुधबार १३:११
काठमाडौं–डाक्टर गोविन्द केसीको मागका सम्बन्धमा  सरकारी वार्ता टोली, विज्ञ र  सम्बन्धित सरोकारवालासँगको परामर्शमा जुटेपछि दुई  पक्षीय वार्तामा ढिलाई भएको छ ।  मंगलबार साँझ केसी र सरकारी पक्षबीच मागका सम्बन्धमा सामान्य छलफल भएकोमा आज बिहान ९ बजे पुनः बैठक बसेर  सहमतिमा पुग्न प्रयास गरिने बताइएको थियो । तर,  खगराज बराल नेतृत्वको […]