श्रीलंकालाई ६–० गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश, ३१ औं मिनेटमा कालिकाेटका सुवासकाे गाेल

मिसन न्यूज २८ भाद्र २०७९, मंगलवार १०:२९

नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ । कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको २२ औं मिनेटमा प्रशान्तले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए ।

May be an image of 7 people, people standing and outdoors

खेलको २३ औं मिनेटमा हरिसले गोल गर्दा नेपालको अग्रता २-० गोलको बन्यो । ३१ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई तेब्बर अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा निरोजले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा सिजलले गोल गर्दै नेपाललाई ६-० को जित दिलाए ।

अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ । पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएर फाइनलमा स्थान बनाईसकेको छ । समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको थियाे ।

Next Post

एमाले अध्यक्ष केपी ओलीद्वारा ‘स्पेस फोरके टेलिभिजन’ को शुभारम्भ

२८ भाद्र २०७९, मंगलवार १०:२९
काठमाडौँ – नयाँ प्रविधिका साथ ‘स्पेस फोरके टेलिभिजन’  शुभारम्भ गरेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनको शुभारम्भ गरेका हुन । टेलिभिजन उद्घाटनका क्रममा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा ‘समृद्ध नेपालः सुखी नेपाली’ नाराका साथ आफ्नो पार्टी जनतासामु जाने बताए । उनले भने, “हामीले […]