टिकट जुधेपछि कालिकोटमा बाम गठबन्द तोडिने खतरा

५ कार्तिक २०७४, आईतवार ०९:१८

कालिकोट- जिल्लामा बाम गठबन्दनमा महाभाणमैलो भएपछि बाम गठबन्दनमा चर्काे विबाद भएको छ । दुई प्रदेश सिट र एक प्रतिनिधिसभाको सिट गरी तिन भए पनि बाम गठबन्दनमा उम्मेदवार छनौटमा चर्काे विबाद भएको हो । नेकपा एमाले र माओवादी केन्द्रका नेताविच सहमती नभएपछि गठबन्दनमा विबाद बल्झिएको छ ।

साविकका १७ गाविसमा पर्ने एक नगरपालिका र ४ वटा गाउँपालिका भएको प्रदेश (ख) मा बाम गठबन्दबाट कसैको पनि अहिलेसम्म टिकट आएको छैन् । प्रदेश (ख) मा एमाले र माओवादी केन्द्रले टिकट जुधाएका छन् । आईतबार नेकपा एमाले र माओबादी केन्द्रका जिल्ला स्तरका नेतको बैठक जारी रहेको छ । स्रोतका अनुसार अव यो विवादले मतदातासम्म असर पर्ने देखिन्छ ।

माअाेवादी केन्द्रका जिल्ला अध्यक्षा दुर्गबहादुर रावतले प्रदेश (क) बाट पाएकाे टिकट
माअाेवादी केन्द्रका जिल्ला अध्यक्ष दुर्गबहादुर रावतले प्रदेश (क) बाट पाएकाे टिकट

माओवादी केन्द्रले प्रतिनिधिसभा प्रत्यक्षका लागि विना विभागीय मन्त्री महेन्द्रबहादुर शाही र प्रदेश (ख) का लागि जिल्ला अध्यक्ष दुर्गबहादुर रावत (उज्वल) लाई टिकट सुम्पीएको छ । एमाले पार्टीले पनि दुर्गबहादुर रावतलाई टिकट दिएको क्षेत्रबाट एमालेका कुर्मराज शाहीलाई टिकट दिएको छ ।

संचार माध्याममा प्रदेश (ख) बाट नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) को उम्मेदवारी रहने भनिए पनि अहिलेसम्म टुंगो नलागेको जनाइएको छ । दुई पार्टीविचको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको टिकट फेरबदल हुने खतरा बढेको एक नेताले बताए ।

गएको २०७० को संविधानसभा निर्वाचनमा झिनो मतले पराजय भएको एमालेमा दुई प्रदेश क्षेत्रमा टिकट नपाएपछि निकै समस्या चुलिएको छ ।  प्रतिनिधिसभा प्रत्यक्षका लागि  नेकपा एमालले माअावादीले स्वीकार गर्ने र  क र ख मा प्रदेश  सिट एमालेले लिने केन्द्रमा माग गरिए पनि त्यसकाे ठकि विपरित भएपछि  विवाद फैलिएकाे नेताहरूले जनाएका छन् ।

 

Next Post

लोकतान्त्रिक र बाम गठबन्दनको मनोनयन दर्ता

५ कार्तिक २०७४, आईतवार ०९:१८
कालिकोट –  अागामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि कालिकोटमा भव्य रुपमा मनोनयन दर्ता भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वामगठवन्धन, नेपाली काँग्रेस, राप्रपा (प्रजातान्त्री) र नेमकिपाले मनोनय दर्ता गराएका हुन । वाम गठवन्धनबाट नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दुर्गबहादुर रावतले प्रतिनिधीसभा […]