एमाले अध्यक्ष केपी ओलीद्वारा ‘स्पेस फोरके टेलिभिजन’ को शुभारम्भ

मिसन न्यूज ११ आश्विन २०७९, मंगलवार २२:२१

काठमाडौँ – नयाँ प्रविधिका साथ ‘स्पेस फोरके टेलिभिजन’  शुभारम्भ गरेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनको शुभारम्भ गरेका हुन । टेलिभिजन उद्घाटनका क्रममा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा ‘समृद्ध नेपालः सुखी नेपाली’ नाराका साथ आफ्नो पार्टी जनतासामु जाने बताए । उनले भने, “हामीले विकासको सुनिश्चित गर्छौँ, जनताको सुरक्षाको प्रत्याभूत गर्छौँ, हामी विकासमा प्रतिबद्ध छौँ ।”

देश र नागरिकको हितलाई केन्द्रमा राखेर राज्यका सबै अङ्गलाई जिम्मेवार, जवाफदेही बनाउने र नागरिकलाई आफ्नो कर्तव्य निर्वाह गर्न सघाउने टेलिभिजनको उद्देश्य रहेको स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा‍. दिनेशकुमार शाहीले बताए ।

नेपालको टेलिभिजन पत्रकारितामा उक्त नयाँ टेलिभिजन प्रशारणले नयाँ आयाम थप्ने लक्ष्य लिएको जनाइएको छ । भौगोलिक, सांस्कृतिक, धार्मिक जातीय, लिङ्गीय विविधता तथा सबै नागरिकका विचारलाई समानरूपमा स्थान दिने कार्यक्रममा जानकारी दिइयो ।

Next Post

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

११ आश्विन २०७९, मंगलवार २२:२१
काठमाडौं – संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, […]