नेपालले धेरै ठूलो सफलता हासिल गरेको छ : अर्थमन्त्री खतिवडा

९ कार्तिक २०७६, शनिबार ०९:१७

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसायिक वातावरणको सूचकाँकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताएका छन् । अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनालेनै नेपालको व्यवसायिक वातावरणमा गत वर्षभन्दा सुधार आउन सकेको पनि स्पष्ट पारे ।

विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा व्यवसायिक वातावरणको सूचकाँकमा नेपाल १६ स्थानमाथि उक्लिएको थियो । अर्थमन्त्री खतिवडाले  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीयता कार्यान्वयन र व्यवसायका लागि आवश्यक कानुन निर्माण भएकाले नेपालले व्यवसायिक वातावरणको क्षेत्रमा गत वर्षभन्दा सुधार हुन सकेको पनि स्पष्ट पारे । उनले करलगायतका समस्या चालू आर्थिक वर्ष भित्र सम्पन्न गरेपछि नेपाल व्यवसायिक वातावरणका सूचकाँकको दृष्टिले अग्रणी स्थानमा आउने विश्वास पनि व्यक्त गरे ।

विश्व बैंकको प्रतिवेदन अनुसार नेपाल व्यवसायिक वातावरणको दृष्टिकोणले १९० मुलुकमध्ये ९४ औं स्थानमा परेको छ । अर्थमन्त्री खतिवडाले मुलुक संघीयता कार्यान्वयनको चरणमै रहेकाले त्यसका व्यवसायिक वातावरण पनि सोचे अनुसार एकैचोटी अघि बढन नसकेको पनि स्पष्ट पारे ।

Next Post

प्रधानमन्त्रीको दुईपटक हेमोडायलासिस, थप उपचार योजना निजी चिकित्सकले बनाउने

९ कार्तिक २०७६, शनिबार ०९:१७
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यउपचारका क्रममा दुई दिनमा दुईपटक हेमोडायलासिस गरिएको छ। काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार भर्ना भएका प्रधानमन्त्री ओलीको सोही दिन डायलासिस गरिएको थियो। त्यो प्रभावकारी नभएपछि बिहीबार पुनः डायलासिस गरिएको छ। उनी बिहीबारै अस्पतालबाट डिस्चार्ज भएका छन्। उपचारमा संलग्न ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र […]