नेपाली कांग्रेस १४ औं महाधिवेशन

प्रतिस्पर्धाबाट पाैडेल बाहिरिए– शेखर सभापति, गगन महामन्त्रीको उम्मेदवार

मिसन न्यूज २५ मंसिर २०७८, शनिबार १३:०३

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्  ।

प्रकाशमान सिंहले कुनै हालतमा नछाड्ने भएपछि संस्थापनइतर समूह विभाजित भएको हो । अब संस्थापनइतर समूहबाट डा. शेखर कोइराला उम्मेदवार बन्ने भएका छन् । यद्यपि रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन कसले पाउने भन्ने खुलेको छैन ।

तर प्रकाशमानका कारण संस्थापनइतर समूहले साझा उम्मेदवार दिन नसकेको भन्दै शेखरलाई समर्थन गर्न पौडेलनिकट नेताहरुको दबाब छ  । शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने भएका छन् । त्यस्तै अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मासँग कुरा भइरहेको स्रोतले जनाएको छ । संस्थापन पक्षका शर्मालाई शेखरले महामन्त्री उम्मेदवार बनाउन लागेको बताइएको छ ।

Next Post

कांग्रेस मधेसी कोटामा ५ केन्द्रीय सदस्य निर्वाचित

२५ मंसिर २०७८, शनिबार १३:०३
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन्  । सार्वजनिक परिणाम अनुसार अजय चौरसिया २५२२, चन्द्रमोहन यादव २१३८ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन् । चन्द्रमोहन यादव पूर्व राष्ट्रपति डा. रामबरण यादवका छोरा हुन् । यस्तै, महेन्द्रकुमार राय १९८४ र […]