सञ्चारले सज्जनलाई भ्रष्टै हो भन्नुहुँदैन : प्रधानमन्त्री ओली

२८ माघ २०७७, बुधबार १५:२०

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन आग्रह गरेका छन् । भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने उनको सुझाव छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं  स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘राज्यको चौथो अंग सञ्चार माध्यमले जनतालाई यथार्थ कुरा सूचित गर्नुपर्ने, यथार्थको खोजी भ्रष्टलाई भ्रष्ट भन्नुपर्ने तर जो भ्रष्ट होइन उसलाई जसरी पनि भ्रष्टै हो भन्ने आग्रहपूर्ण मान्यता राख्न नहुने ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतका कतिपय घट्नामा अनुचित ढंगले प्रस्तुत भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने, ‘ अख्तियारसँग अपराधी थर्कमान हुनै पर्दछ तर निर्दोष मान्छेका निम्ति त्रास होइन संरक्षणको थलो पनि बन्नुपर्दछ ।’ ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका संस्थाले अरुलाई हिलो छ्याप्न पाउँदा आफ्नो महानता बढ्छ भन्ने सोच्न नहुने उनको सुझाव थियो ।

Next Post

जुलुसमा भारतीय झण्डाको प्रयोग

२८ माघ २०७७, बुधबार १५:२०
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर छुट्टै समुह खडा गरेको नेकपा पुष्पकमल दाहाल, प्रचण्ड–माधव नेपाल (पुमा) समुहको जुलुसमा भारतीइ झण्डाको प्रयोग गरेको छ । अबैधानिक रुपमाबाट नेतृत्व गर्न नसकेपछि प्रतिगमन भयो भन्दै सडकमा रोइकराई गरिरहेको पुमा समुहको आजको जुलुसमा भारतीय झण्डाको प्रयोग गरको हो । सो समुहका […]