कांग्रेस मधेसी कोटामा ५ केन्द्रीय सदस्य निर्वाचित

मिसन न्यूज ६ पुष २०७८, मंगलवार १६:२५

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन्  । सार्वजनिक परिणाम अनुसार अजय चौरसिया २५२२, चन्द्रमोहन यादव २१३८ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन् । चन्द्रमोहन यादव पूर्व राष्ट्रपति डा. रामबरण यादवका छोरा हुन् ।

यस्तै, महेन्द्रकुमार राय १९८४ र विनोद चौधरी २२०६ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित भएका सदस्यहरु चन्द्रमोहन बाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

Next Post

2078-09-07

६ पुष २०७८, मंगलवार १६:२५