पुनर्बहाली भएका सांसदले दलिए भित्रको आचारसंहिता मान्नुपर्ने : यामलाल काँडेल

लिलाराज संज्याल २८ जेष्ठ २०७८, शुक्रबार १९:५६

सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले संसद भित्र दुई वटा एमाले नरहेके बताएका छन् । शुक्रबार बसेको कर्णाली प्रदेश प्रदेशसभाको बैठकमा बोल्दै नेता कँडेलले संसदमा सहभागी सदस्यले दलको दलिए भित्रको आचारसंहिता बमोजिमको आचरणमा बस्नुपर्ने बताएका हुन् ।

‘संसदमा दुईवटा एमाले छैन र हुँदैन, मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था छैन, त्यो अभ्यास शोभनीय पनि छैन,’ नेता कँडेलले भने, ‘अदालतको फैसलाले पुनर्बहाली गरिसकेपछि पाटि र दलहरुको अचरण मान्नुपर्ने हुन्छ, सोही बमोजिमको आचरणमा बस्नुपर्ने हुन्छ ।’ फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधवकुमार नेपाल पक्षका सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाइई नेकपा एमालेले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए । तर त्यसविरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गर्दै उनीहरुको प्रदेश सांसद पद थमौती गरिदिएको थियो । ती चार सांसदमध्ये प्रकाश ज्वालाबाहेक अरु प्रदेश सरकारमा मन्त्री रहेका छन् ।

कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री रहेका छन् । शुक्रबारको बैठकमा नेता कँडेलले कर्णालीको संसदीय दलमा संरचना बदलिएको बताए । अदालतको निर्णय प्रति हामीले सम्मान गर्नुपर्छ  तर संसदभित्र दुईवटा एमाले हुनु हुँदैन,’ उनले भने, ‘दलीय आचरण मान्नु सांसदहरुको कर्तव्य हो ।   त्याे दलिए आचरण विपरित र दलगत भन्दा भिन्नताकाे गतिविधी पर्कट हुने प्ररिस्थिती न ल्याउन नेता कडेले बताए ।

Next Post

चार जना संसद एमालेमा फर्किएकाे सभामुखको घोषणा : कर्णाली प्रदेशका मुख्यमन्त्री अल्पमतमा 

२८ जेष्ठ २०७८, शुक्रबार १९:५६
सुर्खेत – सर्वोच्च अदालतले ४ एमाले सांसदलाई पुनर्वहाली गर्न आदेश दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमत भएका छन् । कणाली प्रदेशमा राजनीतीक परिवेश वदलिने देखिन्छ । सर्वोच्चको आदेश मुताबिक ४ जना एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा सभामुखले सुनाए । एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह […]