काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द गरेको छ ।
निर्वाचन आयोगले सह-न्यायाधीवक्ताको संयोजकत्वमा मतपत्र च्यातिएको बारेमा छानविन समिति समेत बनाएको थियो। ‘आयोगले सबै मत बदर गरी पुन: निर्वाचन गर्ने निर्णय गरेको छ’, निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले भने। जेठ १४ गते मतगणना भैरहँदा मतपत्र च्यातिएको थिए।