साझा विवेकशिलले दियाे मुख्यमन्त्री शाहीलाइ रंगिन कार उपहार

२८ जेष्ठ २०७६, मंगलवार १६:२८

सुर्खेत – साझा विवेकशिल पार्टीले कर्णाली  प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाइ राताे कार उपहार स्वरुप दिएको छ। साझा विवेशशिल पार्टीका कर्णाली प्रदेशका संयोजक गेहेन्द्र प्रसाद दाहालले मुख्यमन्त्री शाहीलाई रकमान्तर गरी गाडी किन्ने कर्णाली सरकारको निर्णयको विरोध स्वरुप रातो कार प्रदान गरेका हुन्। आर्थिक वर्षको अन्तिमतिर कर्णाली सरकारले बजेट खर्च गर्न नसक्दा रकमान्तर गरेर ५४ वटा विलासी गाडी खरिद गर्ने निर्णय गरेको थियो। गाडीहरू प्रदेश सरकारका मन्त्रालय र अन्य निकायका लागि खरिद प्रक्रिया अघि बढाइएको हो।

साझा पार्टीले गरिब भनेर चिनिएको कर्णाली प्रदेशमा जनता तड्पिने र सरकार तथा नेताले ऐस आराम गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएको छ। ८ बुँदे ध्याानाकर्षण पत्र मुख्यमन्त्री शाहीलाई बुझाउदै आगामी बजेटमा युवालाई रोजगारीको व्यवस्था गर्न माग गरिएको छ।

आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयले दुई अर्बभन्दा बढी रकमान्तर गरेका छन्। हालसम्म प्रदेश सरकारले ७.३७ प्रतिशतमात्रै विकास बजेट खर्च गरेकाे छ ।  साबिकका क्षेत्रीय तथा जिल्लास्थित कार्यालयका साथै संघीय सरकारले पठाएका सवारीसाधन पर्याप्त हुँदाहुँदै प्रदेश सरकारले पूर्वाधार निर्माण र कृषकसँग प्रत्यक्ष सरोकार राख्ने बजेटसमेत रकमान्तर गरी सवारीसाधन गरिद गरेको हो।

प्रदेश सरकारका विभिन्न मन्त्रालयले हालसम्म ४२ वटा नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गरिसकेका छन्। १२ वटा सवारीसाधन खरिद प्रक्रियामा छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सातवटै मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयले जेठ १५ सम्म दुई अर्ब तीन करोड रुपैयाँ रकमान्तर गरेका छन्। रकमान्तर गरिएको बजेटमध्येबाटै मन्त्रालयले गाडी खरिद गरेका हुन्।

Next Post

2076-02-29

२८ जेष्ठ २०७६, मंगलवार १६:२८