कर्णालीका चार सांसदले ओलीलाई भेटेपछि छाडे माधवको साथ

७ बैशाख २०७८, मंगलवार १७:५४

काठमाडौ –माधव नेपाल पक्षमा खुलेका कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका चार जना संघीय सांसदले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई साथ दिएका छन् । सांसदहरू मुगुका गोपाल बम, दैलेखका राजबहादुर बुढा र पार्वती विशुंखे तथा सुर्खेतका ध्रुवराज शाहीले खनाल–नेपाल समूह छाडेका हुन् । विशुंखेबाहेक तीनै जना प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री ओलीसँग छलफलपछि नेपाल समूह छाडेकाले एमालेले उनीहरूसँग स्पष्टीकरण नमागेको हाे ।

नेपालसँगको भेटमा यो टोलीले आफूहरू फुटको पक्षमा नरहेको बताएका थिए ।  घोषित रुपमा साथ दिन नसक्ने नबताए पनि पार्टी विभाजनको अवस्थामा एमालेमै रहने उनीहरूले नेता नेपालसँग भनिसकेका छन् । यो टोलीले केपी ओलीसँगको भेटमा पनि फुटबाट जोगाउने भूमिका खेल्न आग्रह गरेका थिए ।  उनीहरुले आफूहरू पार्टी फुटको पक्षमा नरहेको बताए । सांसद शाहिले भने, ‘माधव नेपाल समूह छाडेको भन्दा पनि फुटको पक्षमा नरहेको र विभाजनको अवस्थामा एमालेमै रहने प्रधानमन्त्रीलाई बताएका छौँ ।शिलापत्रडटकमबाट 

Next Post

वीरेन्द्रनगरमा संक्रमण रोक्न लकडाउन गरिने

७ बैशाख २०७८, मंगलवार १७:५४
सुर्खेत– दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विरेन्देरनगरमा संक्रमणको अवस्था आँकलन गरेर लकडाउने गर्ने गृहकार्य स्थानीय प्रशासन गरिरहेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शनिवार बसेको बैठकले आगामी तीन–चार दिनको संक्रमण दरको आँकलन गरेर लकडाउन गरिने स्थानीय प्रशासनले जनाएको हो । आज भोलीकै दरमा संक्रमण बढेमा नयाँ कदम चाल्नु […]