अर्थमन्त्री खतिवडाले दिए राजीनामा

२० भाद्र २०७७, शनिबार ०८:२९

काठमाडाैँ-अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्। सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री खतिवडाले प्रधानमन्त्री केपी ओलीलाई मुख्यसचिवमार्फत् राजीनामा पठाएको उनका प्रेस संयोजक यमन पौडेलले बताए।यसअघि मन्त्री खतिवडाले आजै बसेको मन्त्रिपरिषद बैठकमा राजीनामा गर्ने जानकारी गराएका थिए।

मन्त्रिपरिषद बैठकमा उनले आफूले गरेका कामबारे समेत झण्डै एक घण्टा जानकारी गराएका थिए। त्यसपछि अर्थ र सञ्चार मन्त्रालयमा कर्मचारीहरूसँग बिदा भएर उनी बालुवाटार गएका हुन्। उनी आजैदेखि मन्त्री क्वार्टर छोडेर निजी निवासमा सरेको प्रेस संयोजक पौडेलले बताए। मन्त्री खतिवडाको कार्यकाल भदौ २० गतेसम्म रहेको थियो। संघीय संसदको सांसद नभएको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री हुन नपाउने भएकाले उनले राजीनामा दिएका हुन्।

खतिवडाको २ वर्षे कार्यकाल फागुन २० गते सकिएको थियो। अन्तिम समयसम्म पनि प्रधानमन्त्री ओलीले खतिवडाको कार्यकाल दोहोर्याउन चाहेका थिए। तर नेकपा सचिवालयका बहुमत सदस्यहरू उपाध्यक्ष वामदेव गौतमका पक्षमा रहेपछि प्रधानमन्त्री ओली स्वयमले गौतमको नाम सचिवालयमा प्रस्ताव गरेका थिए।

Next Post

शनिबार थपिए १०४१ जना कोरोना संक्रमित, १५६६ जना डिस्चार्ज

२० भाद्र २०७७, शनिबार ०८:२९
काठमाडौं-शनिबार देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। […]