देउवा नेपालको ४० औं प्रधानमन्त्रिमा निर्वाचित

२४ जेष्ठ २०७४, बुधबार १०:३३

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।७१ बर्षका देउवा यस अघि तीन पटक प्रधानमन्त्री बनिसकेका छन् ।
आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा संसदमा मत विभाजनका आधारमा देउवाको ३८८ पक्षमा सांसदले मतदान गरेका थिए । यस्तै देउवाको विपक्षमा १७० मत पर्यो । मतदान प्रक्रियामा कूल ५५८ सांसद सहभाथि थिए । यस अघि देउवा तिन पटक प्रधानमन्त्री भईसकेका छन ।

पहिलो पटक–१ वर्ष ६ महिना

राप्रपा, सद्भावना र स्वतन्त्रको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । उनका विरुद्ध दर्ता गरेको प्रस्ताव पारित गराउन एमालेलाई हम्मेहम्मे परेको थियो तर कांग्रेसका भक्तबहादुर बलायर र अर्जुन जंगबहादुर शाहले नाटकीय रूपमा एमाले प्रस्तावलाई साथ दिएपछि ०५३ फागुनमा देउवा सरकार ढल्यो । उनीहरूलाई गिरिजाप्रसादको आशीर्वादमा सुशील कोइरालाको साथ थियो भन्ने अहिले पनि विश्वास गरिन्छ ।

दोस्रो पटक –१४ महिना

गिरिजाप्रसादको राजीनामालगत्तै कांग्रेस बाटै शेरबहादुर देउवा ०५८ साउनमा प्रधानमन्त्री भए । उनलाई कांग्रेसभित्रैबाट ठूलो समस्या थियो । माओवादीविरुद्ध लगाएको संकटकाल संसद्बाटै पारित गराउन पहिलो ६ महिना एमालेले पनि समर्थन गरेको थियो । तर, दोस्रोपटक ६ महिना म्याद थप्दा एमालेले मात्र होइन कांग्रेसले पनि समर्थन गरेन । प्रस्ताव विफल भएपछि देउवाले कांग्रेस प्रजातान्त्रिकका नाममा दल खोलेर नयाँ चुनाव घोषणा गरे । तर, घोषित चुनाव माओवादीका कारण हुन नसक्ने भनेपछि राजा ज्ञानेन्द्रले १८ असोज ०५९ मा उनलाई पदच्यूत गरे ।

तेस्रो पटक– ७ महिना

०६१ जेठमा शेरबहादुर देउवा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले उनलाई २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्रीका लागि एमालेका तत्कालीन महासचिव माधव नेपालदेखि लक्ष्मणसिंह खड्कासमेतले दरबारमा आवेदन दिए । तर, राजाले आवेदन नै नगरेका कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । गिरिजाप्रसाद कोइरालाको कांग्रेस सरकारमा गएन, तर एमाले गयो । तर, राजाले ८ महिनापछि देउवालाई १९ माघ ०६१ मा आफै सत्ता हातमा लिएका थिए ।

चौथो पटक

नेकपा माओवादी केन्द्र,राप्रपा,राजपा लगाएतका दलको समर्थनमा शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री भएका छन । पूर्व विद्रोही शक्तिको समर्थनमा उनले प्रधानमन्त्री बन्ने अवसर पाएका हुन । अहिलेको सत्ता गठबन्धन र संविधानको मर्म अनुसार अगाडि बढे देउवाको कार्यकाल करिव ९ महिनाको हुनेछ । किनभने, ०७४ माघ ७ सम्म संघीय चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ । उक्त चुनावपछि आउने संसदले नयाँ सरकार बनाउनेछ ।

Next Post

मनसराकाे उपचार जिम्मेवारी विप्लव नेतृत्वले लियो

२४ जेष्ठ २०७४, बुधबार १०:३३
कालिकाेट : क्यान्सर पीडित चार वर्षिया बालिका मनसरा लुहारको उपचारको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । कालिकोटको रास्कोट नगरपालिका–७ की मनसरा लुहारको दाइने आँखाबाट पलाएको मासु क्यान्सरमा परिणत भएपछि उपचारका लागि काठमाडौ लगिएको छ । काठमाडौं लगिएकी मनसरालाई मंगलबार बिहानै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उपचारमा लाग्ने […]