कालिकोट–जिल्लाको सदरमुकाम मान्ममा अन्तराष्ट्रिय युवा दिवश मनाइएको छ । अन्तराष्ट्रिय युवा दिवस विश्वभर मनाउने क्रममा कालिकोटमा पनि मनाइएको हो । अन्तराष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तराष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको थियो ।
युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो । विगतका वर्षहरूमा विभिन्न युवा सम्बन्धी नाराहरूतयार गरी मनाइँदै आइरहेको यो दिवसको यस वर्ष सेभ स्पेस फर युथ रहेको थियो । सदरमुकाम मान्ममा हातहातमा प्लेकार्ड समातेर बजार परिक्रम गर्दै सरसफाइ गरेर अन्तराष्ट्रिय युवा दिवस भव्य रुपमा मनाइएको छ ।
जिल्ला युवा समिति कालिकोटले आयोजना गरेको कार्यक्रममा सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागिता रहनुपर्ने सहभागीले बताएका थिए । यूवालाई आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा सहभागिता गराउनुपर्ने नेपाली कांग्रेसका युवा नेता दमन शाहीले बताए ।
बजार परिक्रमापछि कोणसभालाई सम्वोधन गर्दै उनले युवा समावेशीकरणमा जोड दिएका थिए । जिल्ला युवा समिति कालिकोटका अध्यक्ष तुलाराज मल्लले रोजगारी क्षमता उद्यमशीलताको विकासमा युवालाई समावेस गराउन पहल गर्ने बताए ।
शैक्षिक तथा स्वास्थ्यस्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास गरी पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवाहरुलाई विशेष संरक्षण गर्न जरुरी भएको अध्यक्ष मल्लले बताए । विज्ञान तथा प्राविधि, अनुसन्धान र अन्वेषणमा युवा शक्तिलाई प्रोत्साहन गर्न जरुरी भएको सहभागीले बताए । हालका तिन वटै सरकारले वौद्धिक युवा प्रतिभा पलायन रोक्न राज्यको स्पष्ट नीतिगत प्रतिवद्धता हनुपर्नेमा जोड दिइएको छ ।