अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने सरकारको निर्णय

५ भाद्र २०७७, शुक्रबार १९:५२

काठमाडौं–सरकारले भदौं १६ देखि अन्तराष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषको बैठकले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो । यस्तै पिसिआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान राखेको छ । पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् । कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्नेछ ।  संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट गरिने उद्धार उडानमा दैनिक ५ सय भन्दा बढी यात्रू ल्याउन नपाइने निर्णय भएको छ । नियमित उडानमा कुटनीतिक नियोगका अधिकारी र अत्यावश्यक काम परेका नेपाली नियमित उडानमा आउन सक्नेछन् । पिसिआर टेष्ट सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतारबाट भने नियमित उडान नहुने भएको छ ।  कुन देशबाट कसरी र कति यात्री आउने त्यसबारे पर्यटन मन्त्रालयले तालिका प्रकाशन गर्ने भएको छ ।

Next Post

सरकारको कोरोना नियन्त्रणमा १३ अर्ब खर्च

५ भाद्र २०७७, शुक्रबार १९:५२
काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा १३ अर्ब ३६ करोड खर्च भएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्म  गरी उक्त रकम खर्च भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । सो खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ […]