श्रीमान हत्याको आरोपमा श्रीमती पक्राउ

१३ चैत्र २०७३, आईतवार १२:४०

कालिकोट—जिल्लाको महावै गाउपालिका–५ मा पति हत्याको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । महावै —५ कि १६ वर्षिया धनकला विकलाई आफ्नै पति २३ वर्षीय नरेन्द्र विकलाई हत्या गरेको आरोपमा शनिवार प्रहरीले पक्राउ गरेको हो ।

चैत ५ गते खाँडाचक्र नगरपालिका–८ स्थित सशुराली घरमा आएको समयमा सोही नगरपालिका–९ का १८ वर्षीय रमेश विकसँग मिलेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलिले पक्राउ गरी हिरासतमा राखेको हो ।

आरोपी रमेशसँग विवाहा गर्ने उद्देश्यले हत्या गरी भिरको खोल्सामा फालेको आरोपी धनकलाले प्रहरी समक्ष स्वीकार गरेको प्रहरी प्रमुख ‘डिएसपी’ योगेन्द्र खड्काले वताए । हत्याको आरोपी रमेश विक फरार रहेकाले खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

एक हप्ता अगाडी हराएका मृतक नरेन्द्रको लास चैत ११ गते खाँडाचक्र नगरपालिका–८ छायढुस्की खोल्सामा प्रहरीले भेटाएको थियो ।

Next Post

उम्मेदवारको मन लोभ्याउदै, ‘न्यु मिडिया’

१३ चैत्र २०७३, आईतवार १२:४०
कालिकोट — नयाँ प्रविधिको दुनियाँमा ‘न्यु मिडिया’ को विकासले फट्को मारेको छ । केहि वर्ष पहिला रेडियो समेत नसुनीने ठाउँमा अचेल अनलाईन पत्रिका र सामाजिक संजालमा समाचार हेर्ने गरिन्छ । भौगोलिक रुपले कर्णाली विकट र कठिनाई भएता पनि संचार विकासमा अगाडि छ । यहाकाँ नागरिकहरु देश र विदेशका समाचार थाहा […]