सरकारको कोरोना नियन्त्रणमा १३ अर्ब खर्च

५ भाद्र २०७७, शुक्रबार २०:०४

काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा १३ अर्ब ३६ करोड खर्च भएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्म  गरी उक्त रकम खर्च भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । सो खर्चमध्ये संघीय सरकारका तर्फबाट ५ अर्ब ८५ करोड, प्रदेश सरकारको तर्फबाट १ अर्ब ३ करोड र स्थानीय तहहरुबाट ६ अर्ब २ करोड खर्च भएको जनाइएको छ ।

संघीय सरकारले खर्च गरेको रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयबाट १ करोड, कोरोना कोषबाट १ अर्ब ३ करोड खर्च भएको छ । कोरोना कोषबाट खर्च भएको रकम भने प्रदेश र स्थानीय तहमा समेत गएको अर्थ सूचना तथा सञ्चारमन्त्री समेत रहेका खतिवडाले जानकारी दिए ।

प्रदेशहरुले गरेको खर्चमध्ये प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेको समेत जनाइएको छ । यस्तो खर्च औषधि र स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य क्षेत्रमा खर्च भएको उल्लेख गरिएको छ । हालसम्म नेपाल सरकारले खोलेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब ७५ करोड रुपैयाँजम्मा भएकोमा यसबाट १ अर्ब २० करोड खर्च भएको छ । बैंक तथा वित्तीय संस्थाले अघिल्लो वर्ष खर्च नभएको संस्थागत सामाजिक उत्तरदायित्वको रकम थपिन थालेकोले यो कोषका केही रकम थपिएको खतिवडाले जानकारी दिए ।

Next Post

नेपालमा आयाे काेराेनाकाे औषधि रेमडिसिभर

५ भाद्र २०७७, शुक्रबार २०:०४
काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर औषधि वैधानिक रुपमै नेपालमा भित्रिएको छ। औषधि व्यवस्था विभागको अनुमतिपछि पहिलो पटक यसलाई वैधानिक रुपमा ल्याइएको हो।  यसअघि वैधानिकता नपाउँदै कोरोना संक्रमितहरुले यो औषधि ल्याएर प्रयोग गर्दै आइरहेका थिए। नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गराएका विराट नर्सिङ होमका मालिक […]