नेकपा कालिकोटको अपिल : कोरोनाविरुद्धको लडाई घरबाटै लडौं

२७ चैत्र २०७६, बिहीबार १३:१४

कालिकाेट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटले कोरोना भाइरस विरुद्ध एकजुट भएर लड्न जिल्लावासी सबैलाई अपिल गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सिंगो राष्ट्र एक भएको वेला जिल्लामा पनि एकजुट भएर लड्न नेकपा कालिकोटले अपिल गरेको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमण ९ जना देखिएपछि थप जोखिम हुनेहुँदा सवैले सचेत हुन आग्रह गरिएको छ ।

कोरोना मुक्त नरहेको भन्दै नेकपाले सरकारी निर्णय कार्यान्वयनमा सहयोग गर्न अपिल गरेको हो । नेकपा कालिकोटका अध्यक्ष धनजित शाही (आदर्श) ले तिनै तहका सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था, स्थानीय प्रशासन, प्रहरी र नागरिक सबैलाई एकतावद्ध भएर जोखिमबाट जिल्लालाई बचाउन आग्रह गरे ।

कोरोना विरुद्ध लड्न सरकारलाई पार्टीले सुझाव दिएको र सरकारले गरेका निर्णयहरु कार्यान्वयनका लागि सहजीकरण गरिरहेको उनको भनाइ छ । नेकपा कालिकोटका सचिव नगिन्द्र शाही (नेशनल) ले जनचेतना विस्तारका लागि युवा, विद्यार्थी र चिकित्सक संगठनहरुलाई सचेतना फैलाउन आग्रह गरेका छन् ।

सरकारले तोकेको लकडाउनको समय सिमामा अनुशासन देखाएर वस्न नेकपा कालिकोटले अपिल गरेको छ । कोरोना महामारीको त्रासले राष्ट्रको आर्थिक अवस्था नाजुक भएसंगै जिल्लामा पनि  विभिन्न समस्या उत्पन्न भएकाे  अपिलमा उल्लेख छ  । चैत १० गते देखि हालका मितिसम्म जिल्लावासीले देखाएको धैर्यताले सवैलाई सुरक्षित महशुस गराएको उल्लेख छ ।

Next Post

‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन’ : प्रधानमन्त्री ओली

२७ चैत्र २०७६, बिहीबार १३:१४
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारभन्दा कुनै भिन्न संयन्त्र आवश्यक नरहेको बताएका छन्।  आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको भिडिओ कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले सरकार स्वयंले ‘अथोरिटी’का साथ काम गरेको भन्दै अहिले कुनै संयन्त्रको आवश्यकता नरहेको बताएका हुन्। केहीदिन पहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले एक निजी […]