अविरल वर्षा र बाढी–पहिराले कर्णालीको जनजीवन कष्टकर, ८ जनाको मुत्यू

मिसन न्यूज ३ कार्तिक २०७८, बुधबार २०:२३

सुर्खेत- आइतबार बेलुकीदेखि अविरल परेको भारी वर्षापछि आएको बाढी– पहिरोमा परेर कर्णाली प्रदेशमा ८ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्याालयका अनुसार अविरल वर्षातका कारण जनजीवन प्रभावित बन्नुका साथै मानवीय क्षति भएको छ । पशु चौपाया र धानबालीमा समेत क्षति पुगेको छ । कर्णाली राजमार्ग पनि ६ ठाउँमा अवरूद्ध भएको छ । बाढी–पहिरोमा परि मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४, खर्पेल गाउँका ६ जना, जुम्ला र कालिकोटका एक÷एकजना रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

बाढी–पहिरोबाट तीन जना घाइते भएका छन् । कालिकोट रास्कोट नगरपालिका–८, पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीय बाँचु न्यौपाने गोठबाट घर जाने क्रममा पहिरोमा परी घईते भएका छन् । नन्दुको दुबै खुट्टामा चोट लागेको र उनको रास्कोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । कालिकोटको महावै गाउँपालिका – ७ राम्नि कोटबाडा बस्तीका साढे २ सय परिवारहरुलाई स्थान्तरण गरिएको छ । उनीहरुलाई राम्नि माद्यामिक विद्यालय र त्यहाँको एक स्वास्थ्य चौकिमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै सुर्खेतका पञ्चपुरी नगरपालिका–११, स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गंगाप्रसाद जैशीको सकुशल उद्दार गरिएको छ । सुर्खेतको कुईनबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार समेत रहेका शर्मा नदीले बगाएका सामान बचाउने क्रममा बगेका थिए । बाहिरी चोट नदेखिएपनि उनको उद्दार गरेर उपचारको लागि बावियाचौर पठाइएको छ । शर्मालाई प्रहरी चौकी तातोपानीबाट खटिएको ६ जनाको प्रहरी टोलीले उद्दार गरेको थियो । बाढी–पहिरोबाट प्रदेशमा ४ वटा गाई, तीनवटा बाच्छा र १३१ भेडाबाख्रा मरेका छन् । कर्णाली प्रदेशको कालिकोट, जुम्ला र मुगुका गरि १३८ पशुचौपाया मरेको प्रहरीले जनाएको छ ।

प्रदेशभर बाढी–पहिरोका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रदेश प्रहरीले जनाएको छ । कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –४ झालाका ११ घरधुरीका ७९ जना परिवारलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको छ ।

यस्तै दैलेखको रामाघाट बजार डुबानमा परेको छ । आठबिस नगरपालिका—१, मा रहेको उक्त बजारमा कर्णाली नदी पसेको छ । स्थानीय वासिन्दाहरुको सहयोगमा प्रहरीले २०÷२५ घर धुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । स्थान्तरण गरिएका नागरिकहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, नेपाल रेडक्रस र स्थानीय पालिकाहरुले राहात तथा सहयोग गरिरहेका छन् । लगातारको वर्षाका कारण पहिरो आएपछि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग चार ठाउँमा अवरूद्ध भएको छ । दैलेख, कालीकोट र जुम्ला सड्क खण्डका चार ठाउँमा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरीले जनाएको छ ।

दैलेख खण्डमा खिड्कीज्युला, घट्टेखोला, कालिकोटको जिते र जुम्लाको हिमा गाउपालिका १ स्थित बड्की गाउँमा पहिरो खसेको छ । ‘अहिलेसम्म कर्णाली साजमार्ग चार ठाउँमा अवरुद्ध भएको खबर आएको छ, कतिपए ठाउँमा पहिरो पन्छाउने काम भै रहेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले भने । राजमार्ग अवरूद्ध हुँदा सयौं यात्री अलपत्र परेका छन् । दसैँ मनाएर प्रदेश राजधानी वीरेन्द्रनगर फर्किने र कालिकोट, जुम्ला लगाएत हिमाली जिल्लाहरुमा जाने यात्री बीचबाटोमा अलपत्र परेका हुन् ।

Next Post

वैदेशिक रोजगार कार्यालयमा दलालको भागाभाग

३ कार्तिक २०७८, बुधबार २०:२३
काठमाडौं- श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा छड्के गरेका छन् । कार्यालयबाट हुने सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासो बढेपछि मन्त्री श्रेष्ठ आकास्मिकरूपमा पुगेका हुन् । मन्त्री र मन्त्रालयका अधिकारीको प्रवेशसँगै कार्यालय र आसपासमा रहेका बिचौलियाको भागाभाग भएको थियो । मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन […]