४३ जना पत्रकारकाे पीसीआर रिर्पोट नेगेटिभ, स्वाब स‌ंकलन जारी

१ जेष्ठ २०७७, बिहीबार २२:३१

सुर्खेत –विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणले देशसंगै कर्णालीमा निकै त्रास फैलिएकाे वेला पत्रकारकाे पनि स्वाब परिक्षण गरिएकाे छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशकाे पहलमा  कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कर्णालीका १० वटै महासंघका शाखामा स्वाब संकलन भइरहेकाे छ ।

सुर्खेतमा पहिलाे चरणमा ४३ जना पत्रकारकाे स्वाब संकलन गरि पीसीआर गर्दा ४३ जनाकै नेगेटिभ रिपाेर्ट आएकाे छ । पत्रकारकाे जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वाब स‌कलन गरेकाे िथयाे ।

बुधबार संकलन गरिएको ४३ जना पत्रकारसहित २१० जनाको सवाव जाँच गर्दा रिर्पोट सबैको नेगेटिभ आएको प्रदेश अस्पताल प्रयोगशाला प्रमूख ओम आचार्यले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले कार्यालय परिसरमा संकलन गरिएका ४३ जना पत्रकारहरुमा कोरोना संक्रमण नभेटिएको बताए । कर्णालीका १० वटै जिल्लाबाट पत्रकारकाे स्वाब स‌कलन भइरहेकाे सामाजिक विकास मन्त्रालयले बताएकाे छ ।

Next Post

सीमा रक्षा गर्न छाङरु पुग्यो नेपाली सेनाको फौज

१ जेष्ठ २०७७, बिहीबार २२:३१
काठमाडौं – भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि चर्चामा आएको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ । कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरेका बेला जंगीअड्डा मौन बसेको भन्दै आलोचना हुन थालेपछि सेनाले पनि छाङरुमा फौज पठाएको हो । यसअघि बुधबार सशस्त्र प्रहरी बलले छाङरुमा बोर्डर आउट पोष्ट […]