कर्णालीमा काेराेना संक्रमितकाे संख्या १६६ पुग्यो

१९ जेष्ठ २०७७, सोमबार १०:२४

सुर्खेत – कर्णालीमा कोरोना संक्रमितको संख्या बढेर १६६ पुगेको छ । कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

जुम्लामा २ जना प्रहरीमा समेत कोरोना संक्रमित देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परिक्षणको रिपोर्टमा २ जना प्रहरी सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानले आइतबार कोरोना संक्रण रिपोर्ट सार्वजनिक गर्दै जुम्लाका १९ र दैलेखका २४ जनामा कोरोना संक्रमणको पुष्टि गरको छ । प्रतिष्ठानले जारी गरेको रिपोर्टमा जुम्लाका २ जना पुरुष प्रहरीमा संक्रमण देखिएको जनाएको छ ।

Next Post

कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

१९ जेष्ठ २०७७, सोमबार १०:२४
सुर्खेत- कर्णालीमा थप नयाँ ७५ जना कोरोना संक्रमित भेटिएका छन् । पुरानो र नयाँ गरेर कर्णालीमा कोरोना संक्रमितको संख्या बढेर १९८ पुगेको छ । सामाजिक विकास मन्त्रलायको स्वास्थय सेवा महाशाखाले एक प्रेस विज्ञप्ती जारी गरी १९८ जना कोरोना संक्रमण भएको पुष्टि गरेको हो । जसमा दैलेखक नारायण नगरपालिकाका २५ जना […]