माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छः योगेश भट्टराई

२० जेष्ठ २०७४, शनिबार १४:४७

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भरतपुरमा माओवादीले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मतपत्र च्यातेकाले माओवादीको उम्मेदवारी खारेज गर्नुपर्ने बताएका छन् । साथै नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सभामुखबाट संसदीय प्रक्रिया मिचिएको उनले आरोप लगाएका छन् ।

चुनावी प्रचारको सिलसिलामा गृहजिल्ला ताप्लेजुङ आएका भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै आचारसंहिता ठूला साना सबै दललाई फरक-फरक नहुने भन्दै आचारसंहिता बमोजिम उम्मेदवारी खारेज गर्दै बाँकी उम्मेदवारको मतगणना सुरु गर्नुपर्ने बताए ।

भरतपुरमा सुनियोजित ढंगले मतगणना रोकिएकाले एमालेले संसद अबरुद्ध गरेको बताउँदै एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले मतगणना सुरु नभएसम्म संसद अवरोध गरिरहने बताए ।

राष्ट्रपतिले संसदलाई पठाएको पत्र समेत संसदमा दर्ता नभई नयाँ प्रधानमन्त्रीको निर्वाचनको प्रकृया अघि बढाएको भन्दै एमाले नेता भट्टराईले आपत्ति जनाए ।

संसदीय प्रकृया र संविधानको उल्लंघन गर्दै प्रधानमन्त्री चयन प्रकृया सुरु गरेकाले एमालेले यसको घोर निन्दा गर्ने गर्ने भट्टराईले बताए ।

संसद अवरुद्ध पार्दै आएको प्रतिपक्षी दल एमालेका प्रचार विभाग प्रमुख रहेका भट्टराईले सभामुख ओनसरी घर्ती मगरलाई ‘गल्ती’ सच्याउन आग्रह गर्दै उनले संसदीय प्रकृयालाई अवलम्बन गर्न सुझाव दिए ।

टुँडीखेलमा बसेर प्रधानमन्त्रीको निर्वाचन नहुने भन्दै एमाले सचिव भट्टराईले संसदलाई बाईपास गरेर भइरहेका गतिविधि एमालेलाई स्वीकार्य नहुने चेतावनी दिए । यदि यस्तै गरेर प्रधानमन्त्रीको नियुक्ति प्रकृया अघि बढे एमाले अझै कडा रुपमा प्रस्तुत हुने चेतावनीसमेत उनले दिए ।

Next Post

२६ वर्ष विद्यालयको अध्यक्ष भएपछि शाही बने वडाअध्यक्ष

२० जेष्ठ २०७४, शनिबार १४:४७
कालिकोट : दैलेख आठविस नगरपालिका–६ का धीरबहादुर शाही स्थानीय कालिका माध्यामिक विद्यालयमा २६ बर्षसम्म व्यवस्थापन समितिको अध्यक्ष भए। राजनीतिसँगै समाजसेवामा लागेका शाही स्थानीय निकाय निर्वाचन नहुँदा २६ बर्षसम्म विद्यालयको अध्यक्ष भएर बसे। गत बैशाख ३१ गते भएको निर्वाचनमा उनले वडा अध्यक्षका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बने र वडा अध्यक्षमा बिजयी […]