कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

१९ जेष्ठ २०७७, सोमबार १३:१३

सुर्खेत- कर्णालीमा थप नयाँ ७५ जना कोरोना संक्रमित भेटिएका छन् । पुरानो र नयाँ गरेर कर्णालीमा कोरोना संक्रमितको संख्या बढेर १९८ पुगेको छ । सामाजिक विकास मन्त्रलायको स्वास्थय सेवा महाशाखाले एक प्रेस विज्ञप्ती जारी गरी १९८ जना कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

जसमा दैलेखक नारायण नगरपालिकाका २५ जना रहेका छन् । त्यस्तै दैलेख दुल्लु नगरपालिका १५ जना र महावु गाउँपालिका वडा नम्बर ३ का १ पुरुषमा कोरोना संक्रमण भएको छ । दैलेखमा मात्र जम्मा ४१ जनामा कोरोना पुिष्ट भएको छ । त्यस्तै जुम्ला हिमा गाउँपालिकार सिँजाका १७ जना र २ जना प्रहरीमा कोरोना देखिएको छ । बराहताल गाउँपालिका सुर्खेत ५ जना र सल्यान बनगाड नगरपालिकाका १० जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

Next Post

जुम्लाकाे गाउँगाउँमा खटियो चिकित्सकको टोली

१९ जेष्ठ २०७७, सोमबार १३:१३
 जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा दुई/दुई चिकित्सकको टोली एक महिनाका लागि खटाएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक र चन्दननाथ नगरपालिकासहित अन्य ६ गाउँपालिकामा दुई/दुई गरी १५ चिकित्सकको टोली खटाइएको प्रमुख प्रशासकीय अधिकृत द्वोन्द्वबहादुर शाहीले जानकारी दिए । उनका अनुसार जिल्लाको गुठीचौर गाउँपालिकामा प्राध्यापक डा […]