कोरोनाभाइरस स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाकः विश्व स्वास्थ्य संगठन

२ बैशाख २०७७, मंगलवार १६:१२

काठमाडौँ– विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् ।

डा. टेड्रोसले खोप बिना कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा कुनै पनि हालतमा रोक्न नसकिने जानकारी दिएका छन् । टेड्रोसले सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस थप घातक भएको पनि बताए ।

उनले भने, ‘हामीलाई राम्रोसँग थाहा छ कि कोभिड–१९ तीब्र रुपमा फैलिरहेको छ । हामीलाई यो पनि थाहा छ कि यो सन् २००९ को स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक छ ।’

Next Post

माननीय झाँक्रीज्यू, : पहिला भदै हटाएर देखाउनुस्

२ बैशाख २०७७, मंगलवार १६:१२
काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री सचिवालयमा अनावश्यक कर्मचारी हटाउनु पर्ने भन्दै सामाजिक संजालमा पोष्ट गरेपछि यति उनीमाथि नै नैतिक प्रश्न खडा हुने गरि बहस शुरू भएको छ। सांसद झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पारिश्रमिक नलिने घोषणाा गर्नुभन्दा सचिवालयमा रहेका ४६/४७ कमर्चारी खारेज […]