ऐतिहासिक धरहराटावरकाे निर्माण कार्य पुरा

७ बैशाख २०७८, मंगलवार १०:१२

काठमाडौं – बैशाख १२ गते गएकाे विनासकारी भुकम्पले  ऐतिहासिक धरहरा ध्वस्त भएकाे थियाे । भुकम्पले  भत्काएकाे  ऐतिहासिक धरहराटावरको पुनःनिर्माण कार्य पूरा भएको छ । धरहरा पुनःनिर्माण कार्य सकिएलगत्तै रङ्ग लगाउने काम भइरहेको छ । धरहराको वैशाख ११ गते ११ः०० बजे उद्घाटनको तयारी गरिएको छ । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्म समय लाग्ने बताइएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।

Next Post

कर्णालीका चार सांसदले ओलीलाई भेटेपछि छाडे माधवको साथ

७ बैशाख २०७८, मंगलवार १०:१२
काठमाडौ –माधव नेपाल पक्षमा खुलेका कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका चार जना संघीय सांसदले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई साथ दिएका छन् । सांसदहरू मुगुका गोपाल बम, दैलेखका राजबहादुर बुढा र पार्वती विशुंखे तथा सुर्खेतका ध्रुवराज शाहीले खनाल–नेपाल समूह छाडेका हुन् । विशुंखेबाहेक तीनै जना प्रत्यक्ष निर्वाचित सांसद हुन् […]