चन्दा उठाएर सडक खन्दै स्थानीय, जनप्रतिनीधि १० लाख रकम लिएर भ्रमणमा

४ चैत्र २०७४, आईतवार १३:४३

दैलेख – दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नं. ५ (साविकको भैरीकालिकाथुम वडा नं. ९ बाहाँचौर) का स्थानीय बासीले चन्दा उठाएर सडक निर्माणको काम गरेका छन् । गाउँपालिकाको डाडाँमाडी बजार देखि बाहाचौर जोड्ने सडक अन्तरगत डोक्रा सम्म गाउँपालिको बजेटमा सडक निर्माण भएको थियो ।

डोक्रा देखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिकाले कुनै पनि चासो नदेखाएपनि स्थानीय बासीहरुले चन्दा उठाएरै सडक निर्माणको काम थालनी गरेका छन् । स्थानीय बासीका अनुसार १७ घरधुरीले ८१ हजार रुपैयाँ उठाएर सडक निर्माण कार्य थालनी गरेका हुन् । उनिहरुले यसअघि पनि गाउँका प्रतिघरधुरी १०÷१० हजार उठाएर सडक निर्माण गरेका थिए ।

स्थानीय बासी कृष्ण प्रसाद जैसीका अनुसार हाल सम्म स्थानीय बासीले २ लाख ६६ हजार भन्दा बढी रकम चन्दा उठाएर सडक निमार्ण गरेको बताए । उनका अनुसार त्यसरी रकम उठाउनेहरुमा स्थानीय झक्क प्रसाद ढुंगाना, मायाराम अधिकारी, कृष्ण प्रसाद जैसी, मान बहादुर खत्री, लोक प्रसाद ढुंगाना, शिवराज जैसी लगाएतका रहेका छन् ।

स्थानीय महिला अगुवा सरिता पौडेलका अनुसार डोक्रा देखि बाहाँचौर जोड्ने सडकका लागि गाउँपालिका र वडापालिकाले कुनै पनि चासो नदेखाएपछि स्थानीय बासीहरुले चन्दा उठाएर सडक निर्माणको काम गरेको बताइन् ।

गाउँपालिका भित्रका स्थानीय बासीहरुले चन्दा मार्फत सडक निर्माण गरिरहदाँ गाउँपालिकाको जम्बो टोली भ्रमणमा निस्किएको छ । भैरवी गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र पत्रकार सहित ३९ जनाको जम्बो टोली १ हप्ताको भ्रमणमा निस्किएका हो ।

स्थानिय संरचना सञ्चालन तथा पशुपालनको विषयमा अध्ययन गर्ने भन्दै गाउँपालिकाको १० लाख रुपैयाँको बजेट छुट्याएर कर्मचारी सहित जनप्रतिनिधि भ्रमणमा निस्किएका हुन् । गाउँपालिकाबाट जम्बो टोली भ्रमणमा निस्किएपछि स्थानियहरुले उनिहरुको चर्काे विरोध समेत गरेका छन् । भ्रमण स्थानिय संरचना सञ्चालन तथा कृषिका विषयमा सिक्ने भनेपनि भ्रमण टोलीका सदस्यहरु भने दार्जीलिङ्ग पुगेर सेल्फी खिच्दै सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् ।

स्थानिय उदयराज अधिकारीले भने “गाउँपालिका भित्रका विभिन्न वडामा स्वास्थ चौकी नै छैन्। भएका स्वास्थ्य चौकीहरुमा जिवनजल छैन, धारामा शुद्ध पिउने पानि छैन्, सडक छैन्, विजुली छैन, यस्तो अवस्थामा पनि गाउँपालिकाको सिंगो टोली १० लाख रुपैयाँ खर्च गरी भ्रमणमा निस्किएका छन् ।”

जनप्रतिनिधीहरु मार्फत स्थानीय स्तरमा विकास हुन आशा गरेको भएपनि गाउँपालिकामा आएको बजेट भ्रमणमा खर्च गरेको भन्दै उनले आलोचना गरे । गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कर्मचारी, वडा सदस्य, पत्रकार सहितको टोली भ्रमणमा निस्किएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधाहरु प्रभावित भएको छन् । सोहि गाउँपालिका स्थानीयबासी तथा संचारकर्मी समेत रहेका जिवन आचार्यका अनुसार स्थानीय जनता एक हप्ता देखि मर्कामा परिरहेका छन् । समाचारपत्रबाट

 

Next Post

‘उपगुट खोलेर ससुरा बा हराउने गगनको अर्थहिन आरोप’

४ चैत्र २०७४, आईतवार १३:४३
कालिकोट-नेपाली कांग्रेस कालिकोटका सहसचिव दमन शाहीले कांग्रेस नेता गगन थापाको हर्कत पार्टी विपरित भएको टिप्पणी गरेका छन् । पार्टीको महाधिवेशनमा आफ्नै ससुराको विरुद्धमा महामन्त्री लडेर हराउने थापा गलत तरिकाले प्रस्तुत भएको शाहीको आरोप छ । नेता शाहीले भने, ‘ नेपाली कांग्रेसको हार बाम गठबन्दनका कारणले भएको अवगत हुँदाहुँदै पार्टी नेतृत्वले […]